सर्लाहीको ईश्वरपुर नगरपालिका १२, कालिन्जोरमा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय घारीका ४१ जना छात्रालाई शुक्रवार(आज) साइकल वितरण गरिएको छ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत सो विद्यालयमा कक्षा ८ को अध्ययन पूरा गरी भर्खरै कक्षा ९ मा प्रवेश गरेका सम्पूर्ण ४१ जना छात्रालाई एक÷एक थान साइकल वितरण गरिएको विद्यालयले जनाएको छ ।
इश्वरपुर नगरपाकिला १२ कालिन्जोरका वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिन, अन्य जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष अन्य शिक्षक, राजनीतिक दलका नेता लगायतको उपस्थितिमा छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोले जानकारी दिनु भयो । उहाँका अनुसार विद्यालय आउन जान सहज हुने गरी साइकल पाएपछि छात्राहरु खुसी भएका छन् ।
प्रदेश २ सरकारले छोरीहरुलाई पढाई प्रति आकर्षित गर्ने उद्देश्यले कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गर्दै आइरहेको छ । भने छोरीहरुलाई शिक्षित बनाउने अभियान शुरु गरेको प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लाका छात्राहरुलाई साइृकल वितरण गरि रहेको छ ।