लकडाउनका कारण ट्याक्सी तथा रिक्सा चालक मारमा,

2.3k Shares

जिल्लामा विगत लामो समयदेखि जारी लकडाउनका कारण रिक्सा तथा टयाक्सी चलाएर परिवारको जीविकोपार्जन गर्ने नागरिकहरु समस्यामा परेका छन।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्लामा पटक पटक थपिएको लकडाउनका कारण दैनिक मजदुरी गरी जीविकोेपार्जन गर्ने परिवारका नागरिकहरु समस्यामा परेका छन।
जिल्लाको विभिन्न ठाउँमा दैनिक मजदुरी गर्ने, रिक्सा तथा टयाक्सी चलाए परिवार चलाउने नागरिकहरु सबैभन्दा बढी प्रभावित भएका हुन। कोरोना भाईरस (कोभिड १९) को विश्वव्यापी महामारीलाई रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गरेको लामो समयको लकडाउन कारण पूर्ण रुपमा रोजगारी गुमेर उनिहरु समस्यामा परेका छन। दैनिक ज्याला मजदुरी गरी परिवारको जिविका चलाउने नागरिकहरुको आर्थिक अवस्था कमजोर भएर घरमा दैनिक उपभोगका अति आवश्यक सामग्रीहरुको समेत चरम अभाव सृजना हुन थालेको टयाक्सी चालक रामनारायण साहले बताए। 
सरकारले न राहत दिन्छ, न काम गर्न दिन्छ, यस्तै रहयो भने हाम्रो परिवार भौकै मर्र्छ साहले भने । लकडाउनका कारण रोजगारी गुमेर घरमा एक दाना चामल छैन, घरमा भएको चामल र पैसा सबै सकिएको छ। केही दिनदेखि साहू महाजनसंग चर्काे ब्याजमा ऋण लिएर घर खर्च चलाइरहेको उनिहरुको गुनासो छ ।
लकडाउनको पालना गर्न हामी तयार छौं तर लकडाउनका कारण हाम्रो परिवार भौकै मर्ने स्थिति सृजना भएको छ, त्यसका लागि सरकारले दैनिक मजदुरी गर्ने हामी जस्ताको जीवन रक्षाका लागि समयमै राहतको व्यवस्था गर्नु पर्छ । रिक्सा चालक मनोज धोबीले बताए ।
 लकडाउनका बेरोजगार भएका नागरिकहरुका लागि स्थानिय सरकारले कुनै निकास निकाल्नुपर्ने उनको भनाई छ । समयमा सरकारले कुनै निकास निकालेन भने साहूको ऋण र भोकले आत्महत्या गर्न बाध्य हुने उनिहरुको गुनासो छ ।
लामो समयदेखि जारी लकडाउन कारण गरीब मजदुर, रिक्सा तथा टयाक्सी चलाएर परिवारको पालनपोषण गर्ने नागरिकहरु पुर्ण रुपमा प्रभावित भएका छन । 

सम्बन्धित समाचार