जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मंसिर महिनामा विभिन्न किसिमका ३२ वटा मुद्धा दायर भएका छन्।मंसिर महिनामा लागुऔषध,भवितव्य ज्यान,बालयौन दुरुपयोग,बहुविवाह,सवारी अंगभंग,सवारी भवितव्य,ठगी सम्बन्धि कसुर,अपराधिक उपद्रव ,लिखित किर्ते,जुवा,जवरजस्ती करणी,अभद्र व्यवहार,सवारी ज्यानका साथै बैकिङ्ग कसुर र झुण्डी आत्मा हत्या गरी ३२ वटा मुद्धा दर्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार मंसिर महिनामा सिन्धुलीमा सबै भन्दा धेरै सात वटा बैकिङ्ग कसुरका मुद्धा दर्ता भएका छन्।भने ४१ जना विभिन्न मुद्धाका फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिईएको छ । ३२ वटा मुद्धा दर्ता भएकामा १५ वटा मुद्धा फर्छयौट भएका छन् र १७ वटा मुद्धा बाँकी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार आठ वर्ष दुई महिना २५ दिन कैद सजाय भएका प्रतिवादीहरुबाट रु ६० हजार राजश्व संकलन भएको छ भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ २० वटा उजुरी परेका छन् ।घरेलु हिंसा तर्फ शारीरिक र मानसिक गरी १६ वटा उजुरी परेकामा १५ वटा उजुरी मिलापत्र मार्फत टुङ्गीएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।उनका अनुसार स्थानीय तहको आधारमा सबै भन्दा धेरै कमलामाई नगरपालिकाका आठ वटा,दुधौली नगरपालिकाका र मरिण गाउँपालिकाका तीन वटा र गोलन्जोर गाउँपालिका तथा हरिहरपुरगढी गाउँपालिकाका एउटा गरी १६ वटा उजुरी परेका छन् ।
सिन्धुलीका विभिन्न सकड अण्डमा मंसिर महिनामा ८८ वटा सवारी दुर्घटनामा एक सय २० वटा सवारी साधनहरु संलग्न रहेका छन्।जसमा एक जनाको ज्यान गएको,१६ जना घाईते भएका र १६ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।विपी राजमार्ग सहित मदनभण्डारी राजमार्ग र मध्य पाहाडी राजमार्गका साथै अन्य भित्रि सडकहरु गरी करिब एक दर्जन सडकहरु रहेको सिन्धुलीमा भन्सार छली तथा वन पैदावार चोरी तस्करीका साथै लागु औषधका क्षेत्रमा पनि उलेख्य काम भएको स्थानीय जानकारहरुले बताए ।