रोना भाईरस(कोभिड १९ ) विश्वभर तिव्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण न्युनिकरण गर्न नेपाललाई लकडाउन गरिएको १ महिना पुगेको छ । भने लक डाउनकोपालना गर्न आग्रह गर्ने क्रममा विभिन्न अमानविय घटनाहरु समेत घट्ने क्रम बढेको छ । प्रहरलिे लक डाउनलाई पालना गर्न आग्रह गर्दा प्रहरी माथी नै दुब्यबहार समेत भएका छन । सोही क्रममा जिल्लाको प्रहरी चौकी राजघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बिकारु मण्डल माथी हातपात भएको छ । ।
मंगलवार राती राजघाटमा लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाई बुझाई गर्दा असई मण्डलमाथि दुव्र्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनुभयो । कुटिएका प्रहरी सहायक निरीक्षक (असई) मण्डललाई उपचारका लागि हरिवनको नमूना अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
सो घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखी घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रमुख पोख्रेलले जानकारी दिनु भयो ।