नीयमविपरित यात्रीबाहक सवारी साधनहरुमा मालसामान ढुवानी गर्नपाउनु पर्ने माग गर्दै लालबन्दीका व्यापारी आन्दोलित

1.4k Shares

सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजारबाट यात्रुबाहक सवारी साधनमा तरकारी दुवानी गर्न ट्राफिक प्रहरीले नदिएको भन्दै स्थानीय व्यापारीहरुले आन्दोलन गरेका छन् । पोखरा,नारायणघाट,बुटबल लगायतका स्थानमा जाने यात्रुबाहक(बस)हरुले हुटमा तरकारी ढुवानी गर्ने गरेका भन्दै ट्राफिक प्रहरीले रोकेपछि स्थानीय व्यापारीहरु आन्दोलीत भएका हुन ।

सवारी तथा यातायात व्यावस्था नीयमावली २०४९ को दफा १२ मा कुनै एक प्रयोजनका लागि तोकिएको सवारी साधनले तोकिए विपरित गतिविधि गर्न नपाइने र सवारी तथा यातायात व्यावस्था नीयमावली २०५४ को दफा ३४ को खण्ड क मा तोकिएको कार्य बाहेक अन्य कार्य गरेमा बाटो इजाजत पत्र निलम्वन गर्न सक्ने र सवारी तथा यातायात व्यावस्था नीयमावली २०५४ को दफा ३५ को खण्ड ख मा यात्री बाहक सवारीले माल सामान(यात्रीहरुको झिटि गुण्टा)बाहेक र मालबाहक सवारी साधनले यात्रु बोकेमा आवश्यक कार्बाही गर्न सकीने र  नपाईने, सवारी तथा यातायात व्यावस्था ऐन रहेको छ । 


सोही अनुसार केही दिन पहिला पोखरा हिडेको यात्रुबसको हुटमा धेरै तरकारी बोकेको भन्दै ट्राफिक प्रहरीले बसलाई फकाउन लगाई तरकारी अनलोड गरेर आउन भनेको थियो । शुक्रबार पनि सोही बसले तरकारी हुटमा हालेर लगेपछि बागमतीबाट फर्काइ तरकारी अनलोड गरेर आउन भनेको र तरकारी अनलोड नगरी गएपछि बागमतीमा रहेको  ट्राफिक प्रहरीलेतरकारी त्यँही अनलोड गर्न लगाइ यात्रुबसलाई गन्तव्य तर्फ पठाएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले जानकारी दिए । त्यसैको विरोधमा आफुहरुले मालवाहक मात्र नभई यात्रुबाहक सवारीसाधनहरु मै तरकारी बोक्न पाउनु पर्ने माग राख्दै लालबन्दीका व्यापारीहरुले पुर्व पश्चीम लोकमार्ग केही समय अवरुद्ध समेत गरेका थिए ।
आन्दोलित व्यापारीहरुले शनिबार बिहान पुर्व पश्चीम लोकमार्ग तरकारी पोखेर सडक अवरुद्ध गरेका थिए ।पछि सुरक्षा अधिकारीहरुको अनुरोधमा छलफलबाट निकास निकाल्ने गरी सडक भने सुचारु भएको छ ।
जिल्लाको लालबन्दी,हरिवनलगायतका स्थानमा थोक व्यापारीहरुले संकलन गरेको तरकारी बसको हुटमा लोड गरेर ढुवानी गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी बसमा सामान ढुवानी गर्दा दुर्घटना बढेको भन्दै प्रहरीले कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक कार्कीले बताए । उनका अनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशले जुन सवारी जुन प्रयोजनका लागि होसोही प्रयोजनका लागि मात्रैप्रयोग गर्न दिने र अटेर गरेमा ट्राफिक नीयमानुसार कार्बाही गर्न निर्देशन दिएको छ ।
‘एक पटकलाई जरिवाना गरेर छोड्दा,पटक–पटक बसमा तरकारी ढुवानी हुन थालेपछि फर्काएर अनलोड गर्न लगाइएको’ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताए । व्यापारी र सवारी चालकले ट्राफिक नीयम उल्लंघन गरी जबर्जस्ती तरकारी बसमा ढुवानी गर्ने गरेको उनले बताए । कुनै पनि बाहनामा ट्राफिक तथा यातायातको नीयम विपरित गतिविधि भएमा नियन्त्रणमा लिएर कार्बाही गर्ने उनले बताए ।
यता,लालबन्दी कृर्षी थोक बजारका केही व्यापारीहरुको मनोमानी बढेको कृषि थोक बजार व्यावस्थापन समितिका अध्यक्ष तोरण बहादुर मगरले बताए । उनले ट्राफिक प्रहरीले एक पटकलाई भनि सामान्य कार्बाही गरी छाडेपछि त्यस्तो कार्य व्यापारीहरुबाट हुनु राम्रो नभएको कमलामाई मिडिया प्रा.लिलाई बताए । स्थानीय स्तरमा तरकारी ढुवानी गर्न ट्राफिक प्रहरीको अवरोध छैन् । स्थानीय स्तरमा यात्रुबाहक सवारी साधनहरु मयुरी,अटो तथा म्याजिकहरुले तरकारी ढुवानी गरि रहेका छन् । त्यसमा ट्राफिक प्रहरीले किसानहरुको समस्यालाई बुझेर अवरोध गरेको छैन । तर लामो दुरीमा यात्रुबाहक सवारीसाधनहरुमा तरकारी ढुवानी हुनु हुदैन् भन्नेमा आफुहरु पनि रहेको अध्यक्ष मगरले बताए ।

सम्बन्धित समाचार