जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा २० पालिका मध्य ८ पालिकाको उपस्थिति

869 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीका २० स्थानी तह मध्य आठ स्थानीय तहको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । ११ नगरपालिका र नौ वटा गाउँपालिका गरी २० स्थानी तह रहेको सर्लाहीका १२ स्थानीय तहको अनुपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको हो ।
जिल्लाको बागमती नगरपालिका,मलंगवा नगरपालिका,हरिवन नगरपालिका,हरिपुर्वा नगरपालिका,ब्रम्हपुरी गाउँपालिका,रामनगर गाउँपालिका,कौडेना गाउँपालिका र बसबरिया गाउँपालिकाका प्रमुख वा उप उप्रमुख तथा अध्यक्ष वा उपा अध्यक्षको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बैठक बसेको हो ।


बागमती नगरपालिकाबाट नगर उप प्रमुख लिला कुमारी मोक्तान,हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलान,हरिपुर्वा नगरपालिका नगर प्रमुख विनोद साह तेली,ब्रम्हपुरी गाउंपालिकाका अध्यक्ष राम पदारथ साह,राम नगरगाउँपालिकाका अध्यक्ष राजाबाबु यादव,कौडेना गाउँपाकिलाका अध्यक्ष रुपेश कुमार र बसबरिया गाउँपालिकाकाका अध्यक्ष राम सिंहासन राय सहित आठ पालिकाका प्रमुख वा उप प्रमुख र अध्यक्ष वा उपा अध्यक्षको उपस्थितीमा भएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बैठक बसेको हो ।
प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय ईकाई सर्लाहीका प्रमुख कौशल सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
समितिको बैठकले विगतमा भएका निर्णयहरुको समिक्षा गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक गर्न विपद्का क्षेत्रमा कार्य गर्ने सम्बन्धीत सबै निकायले उपलब्ध सामग्रीहरुको विवरण जिल्ला विपद् व्यवस्थापन समिति,जिल्ला अगुवा सहयोग संस्थालाई उपलब्ध गराउने,बाढीको प्रभावबाट सुरक्षित राख्ने उपायहरुको सम्वन्धमा स्थानिय स्तरमा विपद् व्यवस्थापन सम्वन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघ सस्थाहरु समेत जोखिम न्यूनीकरणका लागि क्रियाकलापहरु संचालन गर्ने गराउने,बाढीको प्रभावबाट विना भेदभाव राहत उपलब्ध गराउने र सो क्रममा विशेषगरी बालबालिका,जेष्ठनागरिक,अपाङ्गता,सुत्केरी तथा गर्भवती महिला,गरिबीको चपेटामा परेका व्यक्तिलाई प्राथमिकता दिएर उद्धार एवम मानवीय सहयोग उपलब्ध गराई मानव जीवनको रक्षा गर्ने कुरामा सरोकारवाला सबैले ध्यान दिने,स्वास्थ्य सम्वन्धी समस्यालाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालय र सम्वन्धित स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम तत्काल संचालन गर्ने र स्वास्थ्यकर्मी तथा औषधीहरु तयारी अवस्थामा राखे व्यवस्था मिलाउने ,कपडा,त्रिपाल,खाद्यान्न जस्ता सामग्री उपलब्ध गराउने व्यवस्थाका लागि स्थानीय तहहरुले स्थानीय आपूर्तिकर्ता (निजी वा सरकारी) सँग सम्झौता गरी पुनर्भरणका आधारमा तत्कालै उपयोग गर्न सक्ने व्यवस्था  गर्ने ,सामग्री वितरण गर्नु नपरेमा रकम खर्च नहुने गरी सम्झौता गर्ने,गैर सरकारी संस्था लगायत विभिन्न दाताहरुले राहत सामग्री उपलब्ध गराउँदा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला अगुवा सहयोग संस्था र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गर्ने,बाढीबाट सुरक्षित रहनका लागि सचेतनात्मक सन्देशमूलक सूचना एवम् जानकारी स्थानीय संचार माध्यममार्फत स्थानीय भाषामा समेत उक्त सन्देशमुलक सामाग्रीहरु प्रशारण गर्न स्थानीय संचार माध्यम, स्थानियतह, स्वास्थ कार्यालय र गैरसरकारी संघ संस्था तथा निकायवाट प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने,वारुण यन्त्र खरिद तथा संचालन सम्बन्धमा पूर्व र पश्चित गरी दुई वटा ऋीगकतभच मा स्थानीय तहहरुले आपसी समन्वयमा बारुण यन्त्र खरिद गर्ने प्रक्रिया अगाडी बढाउने जसमा पुर्वका पर्सा गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, हरिपूर्वा नगरपालिका र ईश्वरपूर नगरपालिका र पश्चीमका बलरा नगरपालिका, बसवरिया गाउँपालिका, धनकौल गाउँपालिका र गोडैता नगरपालिका,सबै स्थानीय तहहरुले एइओजीलाई प्रभावकारी रुपमा संचालनमा ल्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष यादवले बताए । 
उनका अनुसार मनसून पूर्व तयारीका लागि सुरक्षा निकायहरुद्धारा घटना अभ्यास कार्यक्रम  जेष्ठ २ गते मंगलबार विहान ७ः३० बजे बागमती खोलामा गर्ने,आगलागीजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि,२०७८ र तथा मनसुनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि, २०७७ सबै स्थानीयहरुले कार्यान्वयमा ल्याउने,मधेश प्रदेश सरकारसँग सर्लाही जिल्लाको लागि वारुण यन्त्र माग गर्ने,प्रत्येक स्थानीय तहहरुले आ–आफनो विपद् कोष स्थापना गरी रकम विनियोजन गर्ने र म्एच्ए अध्यावधिक गर्ने, मिति २०७९ श्रावण ०१ गते देखि मिति २०८० बैशाख ३१ गते सम्म जिल्ला विपद व्यवस्थापन कोषबाट विपद् प्रभावितलाई वितरण गरिएको राहत रकम रु. १७ लाख ११ हजार चार सय ९७ समर्थन गर्ने निर्णय समेत गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बैठकमा २० मध्य आठ स्थानिय तहका प्रमुख वा उप उप्रमुख तथा अध्यक्ष वा उपा अध्यक्षहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारी,अनुसन्धान उप निर्देशक सन्तोष ढुंगेल लगायत नेपाली सेनाको बैठकमा उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार