Close This

लालबन्दीमा करिब ६८ प्रतिशत मत खस्यो, मतदान शान्तीपुर्ण रुपमा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-३० गते   १४७१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा २७ हजार मत खसेको छ । शुक्रबार देशै भर एकैसाथ भएको स्थानिय निकायको निर्वाचन अन्र्तगत लालबन्दी नगरपालिकाका १७ वटै वडामा गरि २७ हजार मत खसेको निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार नगरका सबै वडाबाट मतपेटीका निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ । अब सर्व दलिय छलफल गरि आजै रातीदेखि गणना सुरु गर्ने तयारी भई रहेको श्रेष्ठले जानकारी दिनु भयो ।
५० वटा मतदान केन्द् रहेको लालबन्दीमा सबै मतदान केन्द्रबाट मतपेटिका लालबन्दी नगरपालिका ६ स्थित पुरानो नगरपालिका भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ ।
सर्लाहीको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ नारायणखोलाको मोटरदोभान क र ख तथा डाइनीखोला मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आई पुगेको सहायक निर्वाचन अधिकृत नेत्र पाख्रिङले जानकारी दिनु भयो उहाँका अनुसार लालबन्दी नगरपालिका १४ को मतपेटिका शुक्रबार राती ९ः१५ बजे निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेको हो । पानी परेका कारण अन्य सवारी साधन जान नसके पछि लालबन्दी १४ नारायणखोलाको दुवै मतपेटिका ट्याक्टरमा हालेर ल्याइएको हो । मतगणना स्थलमा तारजाली हालेर सिसी क्यामेरा समेत जडान गरी पुरानो नगरपालिकाको सभा हललाई व्यावस्थीत गरिएको छ । 
लालबन्दी नगरपालिकाका १७ वटा वडामा ३९ हजार ७ सय २७ मतदाता रहेकोमा १३ हजार २ सय ७६ पुरुष र १३ हजार ८ सय ३३ महिला गरी कुल २७ हजार १ सय ९ मत खसेको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनु भयो । नगरका केही मतदान केन्द्रलाई संवेदनसिल रुपमा हेरीएको भएपनि ५५ वटै मतदान केन्द्रमा शान्तीपूर्ण तरिकाले मतदाताको उर्हाेउल्लास सहभागीताका साथ  मतदान सम्पन्न भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कीले बताउनु भयो । लालबन्दी नगरपालिकाका १७ वटा वडाबाट गरि करिब करिब ६८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech