सलाहीको नवलपस्थित लर्ड बाइट विइजडम इङ्गलिस स्कुलमा विद्यार्थीको हत्या भएको समय पछि सो स्कुलका प्रधानाध्यापक प्रहरीको नियन्त्रणमा आएका छन् । गौसला नगरपालिका ५ महोतरी स्थायी घरभएका कक्षा ८ मा अध्ययनरत १५ वर्षीय अमन चौधरीको २०७७ मंसिरमा निर्माणाधीन होस्टल भवनमा तन्नाको पासो लगाएर भण्डिएको अवस्थामा शव फेला परेपछि फरार भएका तत्कालीन सो स्कुलका प्रधानाध्यापक सुदिप कार्की जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा आएका हुन ।
ईलाका प्रहरी कार्यालय लालबन्दीले २०७७ मंसिर १५ गते सोमबार प्रधानाध्यापक कार्की सहित अन्य पाँच जना विरुद्ध जाहेरी परेको भन्दै पक्राउ पुर्जीको लागि जिल्ला अदालत समक्ष पक्राउ पुर्जी माग गरेपछि फरार रहेका कार्की मंगलबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भएका हुन ।
परिवारले प्रधानाध्यापक कार्कीको चरम यातनाका कारण पिडा सहन नसकेर छोराले आत्माहत्या गरेको आरोप सहित सो विद्यालयका व्यावस्थापक अजिता अधिकारी,विद्यालयका होस्टेल सुप्रिटेन्डेन रितेश रोशन साह,विद्यालयका होस्टेल याप्टेन मनिष मण्डल,विद्यालयका लेखापाल अनकुत थिङ र विद्यालयका शिक्षक राकेश दास विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए । प्रहरी कार्यालयमा जाहेरी दिएपछि फरार रहेका उनिहरु मध्य प्रधानाध्यापक मंगलबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भएका र अहिले उनि प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो ।
महोतरीको गौशाला स्थायी घर भएका चौधरीलाई विद्यालयका प्रधानाध्यापकले चर्काे यातना दिने गरेका उनले पटक पटक घरमा बताउने गरेका अभिभावकले बताएका छन् । पीडित अभिभावकका अनुसार अनुशासनको नाममा आफ्नो छोरालाई पटक–पटक मरणासन्न हुनेगरी यातना दिँदा आफ्ना छोराको शरीरभरि नै निलडाम हुने गरेको आफुले पटक पटक देख्ने गरेको अभिभावकको भनाई छ ।करिब २ हजार विद्यार्थी रहेको सो विद्यालयमा करिब ४ सय विद्यार्थी होस्टलमा बस्दै आएका छन् । यति धेरै विद्यार्थी, शिक्षक, आन्तरिक सुरक्षाकर्मी लगायत कर्मचारी रहने विद्यालयभित्र कसरी विद्यार्थीले आत्महत्या गर्न सक्छ भन्दै परिवारजनले प्रश्न गर्दै प्रहरीमा आत्माहत्या नभई हत्या भएको आरोप सहित जाहेरी दिएका थिए । सोही दिन आफ्ना छोराले आमाबाबासंग भेटेर खाजा खाएर खेल्न गएका अमन एकाएक हराएका थिए । पछि उनी आत्महत्या गरिएको अवस्थामा फेला परेका पीडित परिवारको भनाई छ ।
पीडित परिवारले घटनाको छानविन र दोषीउपर कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएपछि विद्यालयका प्रधानाध्यापक कार्कीले अभिभावकले लगाएको आरोप निराधार रहेको दाबी गरेका थिए । चौधरीलाई झुण्डिएकै अवस्थामा उद्धार गरिएको र उपचारका लागि नमूना अस्पताल पुयाउँदा चिकित्सकले मृत घोषणा गरेको विद्यालय स्रोतको दाबी थियो । प्रधानाध्यापक कार्कीका अनुसार छोरालाई भेट्न आएका अभिभावकले आफ्नो छोरालाई विद्यालय परिसरमै कुटेका थिए । विद्यार्थी अगाडि आमाबाट कुटिएपछि चौधरी तनावमा रहेका प्रधानाध्यापक कार्कीको भनाई छ ।
विद्यालयको नियम कानुनमा बस्न नखोज्दा अभिभावकलाई बोलाएर फिर्ता लिन आग्रह गर्दा लैजान नमानेको प्रधानाध्यापक कार्कीको भनाइ छ । प्रहरी उपरीक्षक पोख्रलेले घटनाबारे अनुसन्धान जारीरहेको बताउनु भयो । उहाँका अनुसार अब प्रधानाध्यापक कार्की प्रहरीको नियन्त्रणमा छन् अनुसन्धान गर्न थप सहज भएको छ ।
तर तत्कालीन सो विद्यालयका प्रधानाध्याक कार्कीले हाद लालबन्दी नगरपालिका ६ मा कम्युनिटि वेयलफियर इङ्गिलस स्कुल सञ्चालन गरि रहेका छन् भने सो विद्यालय अध्यायनरत विद्यार्थीहरुलाई पनि मरणसन्न हुने गरि यातना दिएका अभिभावकहरुले बताएका छन् ।