जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले आर्थिक वर्ष २०८१/०८२ को पहिला दुई महिनामा करिब रु ४२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ।सर्लाही ट्राफिकले आर्थिक वर्ष २०८१/०८२ को पहिला दुई महिना साउन र भदौमा गरी कुल रु ४२ लाख २१ हजार पाँच सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक रजोस घिमिरेले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा टूाफिक नियम उल्लंघन गरी सञ्चालन भएका ट्रक/ट्यांकर सात सय ७३ वटा,बस/मिनि बस ८२ वटा,कार,जिप,भ्यान तीन सय६१ वटा,ट्याक्टर ६६ वटा,मोटरसाईकल एक हजार एक सय ६२ वटा र अन्य(टेम्पो) ६७ वटा गरी कुल दुई हजार पाँच सय ११ वटा सवारी साधनहरु र भदौमा ट्रक/ट्यांकर पाँच सय ६९ वटा,बस/मिनि बस ७० वटा,कार,जिप,भ्यान दुई सय ९० वटा,ट्याक्टर ३४ वटा,मोटरसाईकल आठ सय १९ वटा र अन्य(टेम्पो) ४३ वटा गरी भदौमा कुल एक हजार आठ सय २५ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु ४२ लाख २१ हजार पाँच सय राजश्व संकलन भएको हो ।ट्रक/ट्यांकर एक हजार तीन सय ४२ वटा,बस/मिनि बस एकम सय ५२ वटा,कार,जिप,भ्यान छ सय ६१ वटा,ट्याक्टर सय वटा,मोटरसाईकल एक हजार नौ सय ८१ वटा र अन्य(टेम्पो) एक सय १० वटा गरी कुल चार हजार तीन सय ३६ वटा सवारी साधनहरु आर्थिक वर्ष २०८१/०८२ को पहिला दुई महिनामा कार्बाहीमा परेका प्रहरी निरिक्षक घिमिरेले जानकारी दिए ।
पूर्व पश्चिम लोकमार्गका साथै जिल्लाका अन्य सहायक सडक मार्गहरुमा सञ्चालित चार सय ११ वटा माल वाहक सवारी साधनहरुले भार वाहन क्षमता भन्दा बढी भार वाहन गरेका,४७ वटा माद्यक पदार्थ सेवन गरेका,एक सय ११ वटा सिट बेल्ड तथा हेल्मेट नलगाएका,सात सय ५३ वटा कागज पत्र साथमा नरहेका,दुई सय ३४ वटा सवारी चालक अनुमती पत्र साथमा नभएका,८० वटा बत्तिको अवस्था ठिक नभएका,२२ वटा सडक इजाजत पत्र नभएका,एउटा तिब्रगति,एक सय ३० वटा प्रयोजन विपरित,आठ सय ७३ वटा सिट क्षमता भन्दा बढी यात्रु बोकेका र एक हजार छ सय ७४ वटा अन्य गरी आर्थिक वर्ष २०८१/०८२ को पहिला दुई महिनामा कुल चार हजार तीन सय ३६ वटा सवारी साधनहरु कार्बाहीमा परेका जिल्ला सर्लाही ट्राफिकको तथ्यांकमा उल्लेख गरिएको छ ।सर्लाही ट्राफिकले आर्थिक वर्ष २०८१/०८२ को पहिला दुई महिनामा चार वटा माल वाहक सवारी साधनलाई भार वाहन क्षमता भन्दा बढी भार वाहन गरेका भन्दै आवश्यक कार्बाहीका लागि यातायात कार्यालय मलंगवा सर्लाही पठाएको जनाएको छ।जसमा तीन वटा भारतिय नम्बर प्लेटका १८ चक्के टूक रहेका छन् भने एउटा नेपाली प्लेटको १४ चक्के टेलर रहेको छ ।आर्थिक वर्ष २०८१/०८२ को पहिला दुई महिनामा सर्लाहीमा ८७ वटा दुर्घटना भएका छन् ।
साउनमा ३५ वटा र भदौमा ५२ वटा सवारी दुर्घटना भएका सर्लाही ट्राफिकको तथ्यांकमा उल्लेख छ ।जसमा तीन वटा ट्रक÷ट्यांकर,पाँच वटा बस÷मिनि बस,एउटा माइक्रो,छ वटा कार,जिप,भ्यान,तीन वटा ट्याक्टर,सात वटा टेम्पो र एक सय १७ वटा मोटरसाईकल गरी एक सय ५४ वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु र दुई सय जना घाईते भएका छन् ।
बढ्दो सवारी साधनको चाप,साँघुरो सडक,चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपाया र पैदल यात्रुहरुमा टूाफिक सचेतना सम्बन्धी ज्ञानको कमीका कारण सवारी दुर्घटना भएको पाइएकोे ट्राफिक प्रहरीले बताए।सर्लाही ट्राफिकले आर्थिक वर्ष २०८१/०८२ को पहिला दुई महिनामा तीन सय ५६ वटा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।