योङ्ग कम्युनिष्ट लिग वाईसिइल) नेपालको ४४ सदस्यीय लालबन्दी नगर कमिटि गठन,

3.1k Shares

नेकपा(माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिइल) नेपालको लालबन्दी नगर कमिटि गठन गरिएको छ । नेकपा(माओवादी केन्द्र)का केन्दूीय सचिवालय सदस्य तथा पुर्व उप प्रधान एवम परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ(प्रकाश)को प्रमुख आतिथ्यतामा भएको योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिइल) नेपालको लालबन्दी नगर कमिटिको भेलाले ओमराज गोलेको अध्यक्षमतामा ४४ सदस्यीय योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिइल) नेपालको लालबन्दी नगर कमिटि गठन गरेको हो ।
लालबन्दी नगरपालिका ७ मा भएको एक कार्यक्रममा योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिइल) नेपालको लालबन्दी नगर कमिटिको उपाध्यक्षमा लालबहादुर कार्की ,  आलोक लामा , सचिबमा धर्महस पासवान, सह सचिबमा अशोक गुप्ता चयन भएका नेकपा(माओवादी केन्द्र) सर्लाहीका जिल्ला सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।
पार्टीका प्रदेश कमिटि अध्यक्ष प्रह्लाद बुढाथोकी,जिल्ला कमिटि सचिव कमल बुढाथोकी,पार्टीका नेताहरु देवानन्द महतो,लिला कुमारी मोक्तान,राजन कुमार श्रेष्ठ लगायतका पार्टिका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा भएको कार्यक्रममा ४४ सदस्यीय योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिइल) नेपाल लालबन्दी नगर कमिटि गठन गरिएको हो ।

सम्बन्धित समाचार