मधेश प्रदेशको मुख्यमन्त्रीको चर्चामा महेश,मुख्यमन्त्रीको उम्मेदवार सिंह

158 Shares

विगत करिब ६ वर्षदेखि मधेश प्रदेशको सत्ताको स्वाद चुसि रहेको जनता समाजवादी पार्टी(जसपा) नेपालको सरकार ढलेपछि जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको छ।बुधबार मधेश प्रदेश सरकारका तत्कालीन मुख्य मन्त्री जसपा नेपालका नेता सरोज कुमार यादवले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी(भण्डारी)ले नयाँ सरकार गठन गर्न प्रस्ताव गरेकी थिईन ।
बुधबार राती करिब १० प्रदेश प्रमुख सुमित्राले दलहरुलाई मधेश प्रदेश सरकारको मुख्य मन्त्री बनाउन आव्हान गरेपछि जनमत पार्टीका नेता महेश यादवको मधेश प्रदेश सरकारको मुख्य मन्त्रीको लागि चर्चा गरिएको भएपनि जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज(बिहीबार)बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीकी प्रदेश सभा सदस्य अनिता कुमारी साहले बताइन् । उनका अनुसार संसदीय दलको बैठकबाट सिंहलाई सर्वसम्मतिले मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको हो ।
मधेशका प्रदेशका मुख्यमन्त्री यादवले प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनी पदमुक्त भएपछि नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्नका लागि बहुमतले पारित नभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आव्हान गरिएको प्रदेश प्रमुख सुमित्राको सचिवालयले जनाएको छ ।
यसअघि मुख्यमन्त्रीका लागि जनमत पार्टीका प्रदेश सभा सदस्य एवम संसदीय दलका नेता महेशको नाम चर्चामा रहेको भएपनि जनमत पार्टीको संसदीय दलको बैठकले सिंहको बारेमा निर्णय गरेको हो ।“महेशको नाम बाहिर चर्चामा थियो तर पार्टीको आधिकारिक निर्णय थिएन आज(बिहीबार)बसेको प्रदेशको संसदीय दलको बैठकले सिंहको बारेमा निर्णय गरेको हो ।”जनमत पार्टीका उपाध्यक्ष दीपक साहले बताए ।
“संविधानको धारा १६८ को उपधारा (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने”प्रावधान रहेको छ ।उपधारा (२) को १ बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान अनुसार सिंहलाई सोही उपधारा अनुसार मुख्यमन्त्रीको लागि पार्टीले निर्णय गरेको जनमत पार्टीका नेताहरुले बताएका छन् ।
त्यसैगरी,बिहीबार(आज)बसेकोे जनमत पार्टीको संसदीय दलको बैठकले राज्यमन्त्रीमा रञ्जु मण्डल खँगलाई पठाउने निर्णय समेत गरेको छ,तर उनलाई कुन मन्त्रालयमा पठाउने टुगों नलागेको जनमतले जनाएको छ ।जेठ २५ गते शुक्रबार विहान १०ः०० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि प्रदेश प्रमुख सुमित्राले आफ्नो दाबी पेश गर्न आव्हान गरेकी छन् ।
यता,मधेश प्रदेश सरकारको मुख्यमन्त्रीका लागि जनमत संसदीय दलका नेता महेशलाई नेकपा(एमाले),नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी),नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरि सकेका छन् । एक सय सात सदस्यीय मधेश प्रदेश सभामा एमालेका सभामुख बाहेक २४,जनमतका १३,माओवादी केन्द्रका नौ र एकिकृत समाजवादीका सात जना सभासदहरु रहेका छन् ।
बहुमत भन्दा १ स्थान कम रहेको गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपालले समर्थन गरेपछि ५५ पुग्ने छ । त्यो आवश्यक बहुमत संख्या भन्दा १ बढी हुनेछ । लोकतान्त्रीक समाजवादी पार्टी नेपाल(लोसपा)का संसदीय दलका नेता समेत रहेका अभिराम शर्मा निलम्बित छन् भने एमालेका रामचन्द्र मण्डल सभामुख रहेका छन् ।पार्टी खोलेको छोटो समयमा सत्ताको बागडोर समात्न पुगेको जनमत पार्टी मधेश प्रदेशको महत्वपूर्ण स्थानमा रहेको छ।संघीय गठबन्धन अनुसार नै मधेश प्रदेशमा गठबन्धन बनेको र मन्त्रालय बाँडफाँटको काम सकिएपछि धमाधम अमन्त्रीहरु चयन हुने माओवादी केन्द्र मधेश प्रदेशका संसदिय दलका नेता एवम निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जानकारी दिए ।
मन्त्रालय बाँडफाँटको विषयमा टुंगो नलागेको भए पनि माओवादी केन्द्रले अर्थ,एमालेले भौतिक पुर्वाधार विकास लगायतका मन्त्रालय पाउन सक्ने सम्भावना देखिएको एक नेताले बताए । जसपा नेतृत्वको सरकारमा एमालेको चार जना मन्त्री र एक जना राज्यमन्त्री थिए ।एकीकृत समाजवादी पार्टीका दुई जना मन्त्री र माओवादी केन्द्रका दुई जना मन्त्री रहेका थिए ।अर्थ मन्त्रालयमा माओवादी केन्द्र मधेश प्रदेशका संसदिय दलका नेता एवम निवर्तमान गृह तथा सञ्चार मन्त्री साहको दाबी रहेको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालय एमालेको दाबी छ ।

सम्बन्धित समाचार