७५ हजारको मदिरा शसस्त्रद्धारा नियन्त्रणमा लिएर नष्ट

236 Shares

सर्लाहीको मलंगवा नगरपालिका–१२ गमहरिया स्थित नवलपुर–मलंगवा सडक खण्डमा विशेष सूचनाको आधारमा खटिएको शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाको टोलीले ठूलो मात्रामा घरेलु मदिरा वरामद गरेको हो ।
मलगंवा नगरपालिका–१२ गमहरिया स्थित नवलपुर–मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवा तर्फबाट जाँदै गरेको यात्रुबाहक म्याजिकलाई विशेष सूचनाका आधारमा रोकी चेकजाँच गर्ने क्रममा शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलगंवाका गुल्मपति एवम् शसस्त्र प्रहरी नायव उपरिक्षक बिष्णु अधिकारीको कमाण्डमा खटिएको शसस्त्र प्रहरी टोलीले तीन सय लिटर अन्दाजी मुल्य रु ७५ हजार बराबरको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार