पूर्वपश्चिम राजमार्ग विस्तारको काम मनपरी ढंगले भएको भन्दै स्थानीय आक्रोसित

381 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा पूर्वपश्चिम राजमार्ग विस्तार मनपरी ढंगले भएको भन्दै स्थानीय आक्रोसित भएका छन्।कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्डअन्तर्गत लालबन्दी नगरपालिका १७ रानीगञ्जका स्थानीयले बुधबार राजमार्ग विस्तार एकतर्फी रूपले भएको भन्दै आक्रोस व्यक्त गरेका हुन ।सडकको सिमांकन,नक्सांकन नगरी धमाधम काम गरी रहेको रसुवागढी निर्माण कम्पनीले सत्ता र शक्तिको आडमा आफुखुसी मनपरी ढंगले काम गरी रहेको भन्दै स्थानीय आक्रोसित भएका स्थानीय हरि घिमिरेले बताए ।
“पूर्वपश्चिम लोकमार्गको कमला–ढल्केवर–खण्डमा हाल धमाधम सडक विस्तार भइरहेको छ।राजमार्गको बीच भागबाट २५÷२५ मिटर दायाँबायाँ सडक विस्तार गर्नुपर्नेमा सो अनुसार भएको छैन् ।निर्माण कम्पनीले फूलजोर खोलादेखि कालिन्जोर खोलासम्म दक्षिणतर्फ २० र उत्तरतर्फ मात्र छ मिटर गरी २६ मिटर सडक विस्तार गरेको छ।मूल बाटोको मध्य भागबाट उत्तर र दक्षिणतर्फ बराबर हुनेगरी नाप÷नक्सा बनाई कसैलाई लाभ र हानि नहुने गरी संरचना तयार गर्नु पर्छ ।”घिमिरेले बताए ।
सडक विस्तारको क्रममा दक्षिणतर्फको राजमार्ग आसपास रहेका स्थानीयलाई खानेपानी,पाइप, बिजुलीको पोल र सहायक बाटो प्रयोग गर्न समस्या भएको स्थानीयले आयोजनाको कार्यालय बर्दिवासलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।सडक विस्तारका कारण मूल सडकसम्म जोडिन कठिनाइ भएकाले राजमार्गबाट दुवैतर्फ बराबर सडक विस्तार हुनुपर्ने उनीहरूले माग छ ।साथै“निर्माण लागत निर्माणधीन,निर्माण गर्ने कम्पनी,बाटोको चौडाइ कुलोको लेन,नाला,पब्लिक लेन,सर्विस लेन खानेपानी,बिजुलीको पोल र रेलिङ के कसरी निर्माण भइरहेको छ प्रस्टसँग लेखेर होर्डिङ बोर्ड राख्नु पर्छ ।” स्थानीयले लेखेको मात्रमा उल्लेख छ । 
यसैगरी,चालु बाटो पहिलाको नाप÷नक्सा विना निर्माण कार्य थालिएकाले व्यक्तिको स्वामित्वमा भएको जग्गाको मुआब्जा पनि पाउनुपर्ने र नगरपालिकाभित्र समान रूपले सडक निर्माण कार्य गर्नुपर्ने उनीहरूले माग छ ।राजमार्गको पूर्वी खण्डमा विश्व बैङ्कको रु १८ अर्ब ६० करोड ऋण सहयोगमा ठेक्का लागेर काम भइरहेको छ।आगामी सन् २०२७ सम्म पूर्वपश्चिम राजमार्गको पूर्वी खण्ड स्तरोन्नति गरि सक्ने लक्ष्य राखिएको छ ।
पूर्वमा कमला नदीदेखि पश्चिम सर्लाहीको बागमती नदीसम्म ७४ दशमलव ७५ किलोमिटर लम्बाइको पूर्वी खण्डको सडक स्तरोन्नतिको काम गएको पुस १७ बाटसुरु भएको आयोजनाले जनाएको छ । अहिले दुई लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेक ठाउँमा “मेडियन”सहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गरीने आयोजनाले जनाएको छ ।
निर्माण कम्पनीसक्तसिन दल निकट रहेकाले सक्ता र शक्तिको प्रयोग गर्दै मनपर्दी ढंगले काम गरी रहेको स्थानीयलेबताएका छन्। निर्माण कम्पनीले सर्लाहीमा रहेका क्रसर उद्योगहरुसंगबाट आवश्यक सामाग्री नलिई महोत्तरीबाट निर्माण सामाग्री ओसारी रहेको भएपनि जिल्लाका सरोकारवाला निकायहरु मौन देखिएका छन् ।

सम्बन्धित समाचार