प्रहरी चौकी ब्रम्हपुरीको भवन उद्ध्घाटन

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-१३ गते   ३८५ पटक हेरिएको

सर्लाही ब्रम्हपुरी गाउँपालिका २ मा प्रहरी चौकी ब्रम्हपुरीको भवन उद्धघाटन गरिएको छ । ब्रम्हपुरी गाउँपालिकाको  रु ४५ लाखमा निर्माण भएको प्रहरी चौकी भवनको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम प्रहरी नायब महानिरीक्षक जनक भट्टराई र ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साहले एक कार्यक्रमका वीच संयुक्त रुपमा भवनको उद्धघाटन गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदी लगायत जिल्लाका सबै सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधिहरुका साथै स्थानिय जनप्रतिनिधिहरु र स्थानीयको उपस्थितिमा प्रहरी चौकीको भवन उद्धघाटन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
आफ्नो भवन नहुँदा प्रहरी चौकी ब्रम्हपुरी यस अघि ब्रम्हपुरी गाउँपालिकाको कार्यालय मै बस्दै आएको थियो ।अब आफ्नौ कार्यालय भएपछि प्रहरीले गर्ने काम कार्बाहीमा निकै सहज हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech