लालबन्दी नगरपालिका भित्र मंगलबार स्थानीय बिदा

150 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले ४२ औं मगर स्थापना तथा राष्ट्रिय एकता दिवस र माझी जातीले मनाउने महान चाड लदी पूजा (नदी पुजा) को अवसरमा भोली(मंगलबार)स्थानीय बिदा दिएको छ ।लालबन्दी नगरपालिकाकी नगर उपप्रमुख कल्पनामाया पाख्रिनले सोमबार एक सूचना जारी गरी ४२ औं मगर स्थापना तथा राष्ट्रिय एकता दिवस र माझी जातीले मनाउने महान चाड लदी पूजा (नदी पुजा) को अवसरमा शुभकामना व्यक्त गर्नुको साथै भोली(मंगलबार)एक दिन स्थानीय बिदा दिइएको उल्लेख गरेकी नगर उप प्रमुख पाख्रिनकी स्वकीय सचिव सानु पाख्रिनले जानकारी दिईन् ।
उनका अनुसार भोली(मंगलबार)लालबन्दी नगरपालिका,सबै वडा, नगर भित्रका सबै शिक्षण संस्था तथा मातहतका सम्पूर्ण कार्यालयमा स्थानीय बिदा दिइएको हो ।नगरभित्र मगर र माझी समुदायको बाक्लो बसोवास रहेको र दुवै समुदायले स्थानीय बिदा दिन माग गरेकाले सोही अनुसार बिदा दिइएको उप प्रमुख पाख्रिनको सचिवालयले जनाएको छ ।लालबन्दी नगरपालिकाले यसअघि तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वको अवसरमा माघ २८ गते समेत स्थानीय बिदा दिएको थियो ।त्यसैगरी ४२ औँ मगर दिवशको अवसरमा हरिवन नगरपालिका ११ स्थित सुर्ती विकास मैदानमा बृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको गरिएको छ ।

सम्बन्धित समाचार