Close This

छोरी शिक्षा बिमा कार्यक्रम सर्लाहीमा सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-२ गते   ७८५ पटक हेरिएको

मुख्य मन्त्री बेटी पढाउ बेटी बचाऊ अभियान अन्र्तगत छोरी शिक्षा  बिमा सर्लाहीको इश्वरपुर नगरपालिकामा सुरु भएको हो । बिहीबारबाट सुरु भएको मुख्य मन्त्री बेटी पढाउ बेटी बचाऊ अभियान सर्लाही जिल्लाका लागि ईश्वरपुर नगरपालिकाबाट सुरु भएको कार्यक्रममा अध्यक्ष तथा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो ।
प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले कार्यक्रमको विधिवत रुपमा उद्धघाटन गर्नु भएको हो । भने छोरी शिक्षा विमा गराउने बालबालीकाका अभिभावकहरुलाई सुविसु कम्पनीले ३ महिनाको लागि १५ एमविपिएस निःशुल्क इन्टरनेट सुविधा दिने भएको छ । छोरी शिक्षा विमा गर्ने अभिभावकहरुलाई ३ महिना सम्म कुनै पनि शुल्क नलिई इन्टरनेट सेवा प्रदान गरिने सुविसु कम्पनीका लालबन्दी शाखा प्रमुख प्रताप गदाईलीले बताउनु भयो ।
मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यलय प्रदेश नम्बर २ सरकारको आयोजना तथा प्रभु बैक लिमिटेडको वित्तिय सहयोगमा प्रदेश नम्बर  २ का सबै ८ वटै जिल्लाहरुमा यो कार्यक्रम सुरु गरिएको आयोजकले बताएको छ ।

यस प्रकारका कार्यक्रमहरुबाट छोराछोरी बीचको विभेद,अन्याय,बालबिबाह,महिला,हिसालगायतका लैङ्गिक विभेद अन्त्य हुने जानकारहरुले बताएका छन । भने समाजमा छोरीलाई पठाउनुका साथै दाईजो दिने प्रचलनको अन्त्य हुने विश्वास रहेको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech