नेकपा(माओवादी केन्द्र)हरिवन नगर कमिटीले दशै,तिहार र छठ पर्वको शुभकामना आदान प्रदान एवम संगठन सुदृढिकरण अभियान अन्र्तगत प्रशिक्षण कार्यक्रम गरेको छ ।माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तको अध्यक्षता एवम केन्द्रीय सजिव लीलामणि पोख्रेलको प्रमुख आतिथ्यतामा पार्टीको संगठन सुदृढिकरण अभियान अन्र्तगत प्रशिक्षण कार्यक्रम र नजिकिदैँ गरेको नेपालीहरुको महान चाड बढा दशै,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका सचिव गौरी महतोले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता एवम मधेश प्रदेश सरकारका निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह,सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा,माओवादी केन्द्र सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),महिला नेतृ पद्मा मोक्तान लगायतका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पार्टीको संगठन सुदृढिकरण अभियान अन्र्तगत प्रशिक्षण कार्यक्रम र नजिकिदैँ गरेको नेपालीहरुको महान चाड बढा दशै,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
माओवादी केन्द्रको संगठन सुदृढिकरण अभियान सर्लाहीका विभिन्न स्थानीय तहहरुमा घनिभुत रुपमा सञ्चालन भई रहेको छ भने भोली(सोमबार) माओवादी केन्द्र चन्द्रनगर गाउँ कमिटिको आयोजनामा नजिकिदैँ गरेको नेपालीहरुको महान चाड बढा दशै,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्र चन्द्रनगर गाउँ कमिटिका संयोजक लोकेन्द्र मुखियाले जानकारी दिए ।