मधेश प्रदेश सरकारकाे मुख्य तालाचाबी जनमतका यादवकाे हातमा

61 Shares

विगत करिब ६ वर्षदेखि मधेश प्रदेशकाे सत्ताकाे स्वाद चुसि रहेकाे जनता समाजवादी पार्टी(जसपा) नेपालकाे सरकार ढलेपछि जनमत पार्टीले मधेश प्रदेश सरकारकाे नेतृत्व गर्ने अवसर पाएकाे छ । बुधबार मधेश प्रदेश सरकारका तत्कालीन मुख्य मन्त्री जसपा नेपालका नेता सराेज कुमार यादवले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी(भण्डारी)ले सरकार गठन गर्न प्रस्ताव गरेकि थिईन ।

बुधबार राती करिब १० प्रदेश प्रमुख सुमित्राले दलहरुलाई मधेश प्रदेश सरकारकाे मुख्य मन्त्री बनाउन आव्हान गरेपछि जनमत पार्टीका नेता महेश यादव मधेश प्रदेश सरकारकाे मुख्य मन्त्री बनेका छन् । मधेशका प्रदेशका मुख्यमन्त्री सरोजले प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनी पदमुक्त भएको जनाउ प्रदेश सभा सचिवालयले दिएसंगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्राले आव्हान गरेकी हुन् । उनले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्नका लागि बहुमतले पारित नभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आव्हान गरिएको प्रदेश प्रमुख सुमित्राकाे सचिवालयले जनाएको छ ।

जेठ २५ गते शुक्रबार विहान १०ः०० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुख सुमित्राले आव्हान गरेकी हुन भने जनमत पार्टीका नेता महेशलाई मधेश प्रदेशकाे मुख्य मन्त्री बनाउने विभिन्न ५ दलले यस अघि नै सहमति गरिसकेका छन्।उनकाे नेतृत्वमा बिहिवार(आज)मधेश प्रदेश सरकार बहुमत सदस्यको हस्ताक्षर सहित दावी पेश गर्ने छन् । संसदमा विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री यादवपनि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीका लागि जनमत संसदीय दलका नेता महेशलाई नेकपा(एमाले),नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)ले समर्थन जनाइसकेका छन् ।नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेका छन् । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा एमालेका सभामुख बाहेक २४, जनमतका १३, माओवादी केन्द्रका ९ र एकिकृत समाजवादीका ७ जना सभासदहरु रहेका छन् ।

बहुमत भन्दा १ स्थान कम रहेको गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपालले समर्थन गरेपछि ५५ पुग्ने छ ।त्यो आवश्यक बहुमत संख्या भन्दा १ बढी हुनेछ । लाेकतान्त्रीक समाजवादी पार्टी नेपाल(लोसपा)का संसदीय दलका नेता समेत रहेका अभिराम शर्मा निलम्बित छन् भने एमालेका रामचन्द्र मण्डल सभामुख रहेका छन् ।

पार्टी खाेलेकाे छाेटाे समयमा सत्ताकाे बागडाेर समात्न पुगेकाे जनमत पार्टी मधेश प्रदेशकाे महत्त्वपूर्ण रुपमा रहेका छ ।सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’बाट निर्वाचित भएका महेश यस अघि मधेश प्रदेश सरकारकाे शिक्षा मन्त्री रहेका थिए । संघीय गठबन्धन अनुसार नै मधेश प्रदेशमा गठबन्धन बनेकाे र बिहिवार मन्त्रालय बाँडफाँटको छलफल हुने माओवादी केन्द्र मधेश प्रदेशका संसदिय दलका नेता एवम निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

सरकार गठनका लागि शुक्रवार बिहान १० बजे सम्मको समय पाएपनि गठबन्धनले विहिवार नै मुख्यमन्त्रीको बहुमत सहितको दावी पेश गर्ने जनाइएको छ । मन्त्रालय बाँडफाँटको विषयमा टुंगो नलागेको भए पनि माओवादी केन्द्रले अर्थ,एमालेले भाैतिक पुर्वाधार लगायतका मन्त्रालय पाउन सक्ने सम्भावना देखिएकाे एक नेताले बताए । जसपा नेतृत्वको सरकारमा एमालेको ४ जना मन्त्री र १ जना राज्यमन्त्री थिए ।एकीकृत समाजवादी पार्टीका २ जना मन्त्री र माओवादी केन्द्रका २ जना मन्त्री रहेका थिए ।

अर्थ मन्त्रालयमा माओवादी केन्द्र मधेश प्रदेशका संसदिय दलका नेता एवम निवर्तमान गृह तथा सञ्चार मन्त्री साहकाे दाबी रहेकाे छ भने भौतिक पूर्वाधार विकास मन्त्रालय एमालेको दाबी छ ।

सम्बन्धित समाचार