नेकपा(माओवादी केन्द्र) मधेश प्रदेश सहित सबै ११ वटै प्रदेश इन्चार्जहरु तोकिएको छ ।सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारीहरुको बैठकले दुई प्रदेश इन्चार्ज हेरफेर गर्दै सबै प्रदेशका इन्चार्जहरु तोकेको हो।जसमा मधेश प्रदेश र बागमती प्रदेशका इन्चार्जहरु हेरफेर गरिएको माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी उप महासचिव मातृका यादव र बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिईएको छ भने कोशी प्रदेशमा हरिबोल गजुरेल,गण्डकी प्रदेशमा दीनानाथ शर्मा,लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल,कर्णाली प्रदेशमा कालीबहादुर मल्ल,सुदूरपश्चिम प्रदेशमा गिरिराजमणि पोखरेल,विशेष प्रदेशमा जयपुरी घर्ती,सार्क प्रवास प्रदेशमा लक्ष्मण पन्त,यूरोप–अमेरिका राम कार्की र एसियामा ओम शर्मालाई इन्चार्ज तोकिएको छ ।
माओवादी केन्द्रका पदाधिकारीहरुको बैठकले फागुन १२ गतेबाट “जनतासँग माओवादी”अभियान चलाउने तयारी समेत भएको माओवादी केन्द्रका उपमहा सचिव एवम मधेश प्रदेश इन्चार्ज यादवले जानकारी दिए।उनका अनुसार फागुन १२ गतेबाट “जनतासँग माओवादी”अभियान हुलाकी राजमार्ग केन्द्रित हुने छ ।स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने साथै माओवादी केन्द्रबाट निर्वाचित भएका देशभरका एक सय २३ स्थानीय तहहरुका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते नै काठमाडौँमा गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता सापकोटाले बताए ।