फुलजोर बाबामा सुरेन्द्र संयोजक

2k Shares

फुलजोर बाबा साझेदारी वन व्यवस्थापन समुहले सुरेन्द्र महत्तो कोईरीको संयोजकत्वमा १९ जना सदस्यहरु चयान गरेको छ । लामो समयदेखि विवादीत रहेको समुहको वार्षिक साधारण सभाबाट संयोजक सहित सदस्यहरु चयन गरिएको समुहले जनाएको छ ।  सर्लाहीको लालबन्दी नगरपालिका १७ मा कार्यलय रहेको फुलजोर बाबा साझेदारी वन व्यवस्थापन समुहमा २ सय १२ जना साधारण सदस्यहरु रहेका छन । जसबाट संयोजक महत्तो चयन गरिएको हो । बहुमत सदस्यहरुको उपस्थितीमा महत्तोलाई चयन गरिएको मुल कमिटिका सदस्य भरत गौतमले जानकारी दिनु भयो ।
उद्योग बाणिज्य संघ ईश्वरपुरको सभाहलमा भएको कार्यक्रममा फुलजोर बाबा साझेदारी वन व्यवस्थापन समुहका जेष्ठ सदस्य चेतनारायण महत्तोले अध्यक्षता ग्रहण गर्नु भएको थियो । विगत लामो सयमदेखिको विवादलाई साम्य पार्न फुलजोर बाबा साझेदारी वन व्यवस्थापन समुहले साधारण सभाको आयोजना गरेको आयोजकले बताएको छ । साधारण सभाको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो भने डिभिजन वन कार्यलय सर्लाहीका डिभिजन वन अधिकृत माधब प्रसाद देवले विशिष्ट आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

सम्बन्धित समाचार