Close This

लालबन्दी–मरिण सडक संजाल जोड्न दुवै स्थानिय निकाय तयार

रासस    प्रकाशित: २०७७-२-३२ गते   ३३० पटक हेरिएको

लालबन्दी–मरिण जोड्ने सडकको डिपिआर बनाउने विषयमा भएको छलफलको फोटोःसहकर्मी रितिक अधिकारी

जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिका बिच शनिबार भएको छलफलका लालबन्दी नगरपालिकाको वडा नम्बर १४ को नारायण खोला र १५ को शिर कालिन्जोर हुदैँ चुरे क्षेत्र हुँदै मरिण गाउँपालिका ५ बडीमुहान, अम्बास जोड्ने सडक निमार्णका लागि डिपिआर तयार गर्ने सहमती भएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।


लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्ग र मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन सहित जनप्रतिनिधिहरु विच भएको छलफलले दिर्घकालिन रुपमा सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने र तत्काल संचालनका लागि सडकको स्तरउन्नती गर्ने सहमती भएको लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख शान्ती कुमारी लामाले जानकारी दिनु भयो ।
सडकको डिपिआर निर्माण र स्तरोउन्नतका लागि आगामी आर्थिक बर्ष २०७७÷०७८ मा दुवै स्थानिय निकायहरुले बजेट विनियोजन गर्ने निर्णय भएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताउनु भयो । “दुवै स्थानिय तहका जनप्रतिनिधिहरु बिच छलफल भयो । तत्कालका लागि लालबन्दी नगरपालिका भित्र पर्ने सडक र मरिण गाउँपालिका भित्र पर्ने सडकको स्तरोउन्नती गर्ने साथै आगामी आर्थिक वर्षमा बजेट विनियोजित गर्ने सहमती भएको छ । दिर्घकालिन रुपमा सडक निर्माणका लागि डिपिआर तयार गर्ने सहमती भएको छ” लालबन्दी नगरपालिकाका नगर प्रमुख खड्काले भन्नुभयो ।
दुवै स्थानिय निकायले आ–आफ्नो स्थानिय निकाय भित्रका सडकहरुको स्तरोउन्नती गर्दा बाँकी थोरै क्षेत्रको मात्रै सडक जोड्ने काम बाँकी रहने साथै आर्थिक भार कम पर्ने मरिण गाउँपालिकाका अध्यक्ष बम्जनले बताउनु भयो ।
सडकको डिपिआर तयार गर्नका लागि आगामी आर्थिक बर्ष २०७७÷०७८ मा दुवै स्थानिय तहहरुले स्रोतले भएसम्म बजेट छुट्याउने सहमती भएको अध्यक्ष बम्जनको भनाई छ । “यो सडक निर्माणमा स्थानिय तहहरुले मात्रै सकिदैन । हामीले स्रोतले पुगेसम्म लगानी गर्छौ । डिपिआर देखि सडक निर्माण सम्मका लागि बजेट नपुगेको खण्डमा संघ, प्रदेश सरकारसँग पनि बजेट माग गर्नुपर्छ । संघ र प्रदेश सरकारबाट बजेट ल्याउन दुवै स्थानिय तहले समन्वय गर्ने सहमती भएको दुवै स्थानिय निकायका प्रमुखहरुले बताउनु भयो । ”
करिब ३५ किलोमिटर लम्बाई रहेको सडक निर्माण गर्ने बिषयमा दुवै स्थानिय तहका जनप्रतिनिधिहरु सहमत भएका छन । उक्त सडक निर्माण भएपछि तराईसँग मरिण गाउँपालिकाको आवात जावतमा सहज हुनेछ । सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको व्यापारीक केन्द्रको रुपमा रहेको लालबन्दी बजार उक्त सडक निर्माण पछि थप व्यास्त रहने हुँदा सोही अनुसार व्यावस्थीत बनाउने नगरले तयारी समेत गरेको नगर उप प्रमुख लामाले बताउनु भयो ।
छलफलमा लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का,प्रमुख उप  प्रमुख शान्ती कुमारी लामा,मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन,उपा अध्यक्ष तथा जनप्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech