Close This

सर्लाहीका ९८ जना जनप्रतिनिधिहरुले बुझाए निर्वाचन खर्च,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२५ गते   ४४२ पटक हेरिएको

स्थानिय निकायको निर्वाचन सम्पन्न भएको करिब २ महिना पुग्नै लाग्दा पनि  सर्लाहीका स्थानिय नपकायका उम्मेवारहरुले चुनावी खर्च विवरण सार्वजनिक गरेका छैनन्। 
२०७९  बैशाख ३० गते सम्पन्न भएको स्थानीय निकायको  निर्वाचनमा उमेदवार बनेका जिल्लाका ६ हजार २ सय ४६ जना उम्मेदवारहरु मध्ये ९८ जना उम्मेदवारहरुले मात्रै आफ्नो चुनावी खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ  ।
देश भरमै सबैभन्दा धेरै २० वटा स्थानिय निकाय रहेको सर्लाहीमा ६  हजार २ सय ४६ जना उम्मेदवार रहेका थिए जस मध्य जम्मा ९८ जनाले मात्र आफ्नो चुनावी खर्च बुझाएका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिनुभयो।
 स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तह सदस्य निर्वाचनका प्रत्येक उम्मेदवारहरुले निर्वाचन खर्च ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ, तर जिल्लामा भने निर्वाचन परिणाम घोषणा भएर निर्वाचित उम्मेदवारहरुले पदभार ग्रहण गरि काम सुरु गरिसकेको करिब २ महिना हुन लाग्दा पनि  चुनावी खर्च नबुझाएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख  भुजेलले बताउनु भयो ।
 वैशाख ३० को चुनावबाट सर्लाहीमा विभिन्न पार्टी र स्वतन्त्र गरि ६ हजार २ सय ४६ उम्मेदवारहरुबाट जम्मा १ हजार ४० जना जनप्रतिनिधि निर्वाचित भएका छन्।   जिल्लामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनको अवधि गुज्रिसकेकोले अब निर्वाचन खर्चको विवरण कार्यालयले नबुझ्ने निर्वाचन कार्यालयले जनाएको छ।
 म्याद गुज्रिएपछि पनि केही उम्मेदवार खर्च विवरण बुझाउन आएको भएपनि उनीहरुको विवरण अस्वीकार गरेर फर्काइएको कार्यालय प्रमुख भुजेलले बताउनु भयो ।  जिल्ला समन्वय समिति सर्लाहीका  सदस्यको साउन ५ गते सम्म चुनावी खर्च विवरण बुझाउन पाउने छन् ।
जिल्लामा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिकाका गरी २ सय वटा वडाहरु रहेका छन् भने ४० जना गाउँपालिका अध्यक्ष,उपा अध्यक्ष तथा नगर प्रमुख उप प्रमुख रहेका छन् । त्यसैगरी वडा सदस्यहरु,कार्यपालिका सदस्यहरु र जिल्ला समन्वय समितिकासभापति उप सभापतिका साथै सदस्यहरु गरी ६ हजार २ सय ४६ जना जनप्रतिनिधिहरु रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech