4k
Shares
सर्लाहीको लालबन्दी नगरपालिका भित्र रहेका बैँकहरुलाई निर्णय कार्यन्वय गर्न गराउन नगरपालिकाले आग्रह गरेको छ । लालबन्दी नगरपालिकामा भएको जनप्रतिनिधिहरु तथा बैँकका कर्माचारीहरु बीच भएको छलफलमा आईतबार र बुधबार २ दिन आत्यावश्यकिय काममा मात्र बैँक सञ्चालन गर्ने र अरु समयमा बैँक बन्द गर्ने विषयमा छलफल भएको थियो ।

आत्यावश्यकिय काममा मात्र बैँक बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म र हप्तामा २ दिन आईतबार र बुधबार मात्र सञ्चालन गर्ने सहमती भएको हो । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको विरुद्ध जारी लक डाउनलाई थप कडाई गर्ने तयारीका साथ यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।