बसको ठक्करबाट मोटरसाईकल चालक चालिसे गंभिर घाईते

903 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको नवलपुर मलंगवा सडक खण्डमा भएको सवारी दुर्घटनामा एकजना गंभिर घाईते भएका छन् । नवलपुर मलंगवा सडक खण्डका अन्र्तगत लालबन्दी नगरपालिका २ जुटपानीको नहर स्थित चोकमा नवलपुरबाट मलंगवा जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको  बा २६प ६६८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गंभिर घाईते भएका प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान करिब ८ ः ३० बजे नवलपुरबाट मलंगवा जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको बा २६प ६६८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी वर्ष ५० बर्षका सिताराम चालिसे घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
मोटरसाईकलका चालक चालिसेको टाउ तथा हात खुट्टामा चोट लागेको छ । बसले मोटरसाईकललाई ठक्कर दिँदा गभिर घाइते भएका चालिसेको हरिवन नगरपालिका ११ स्थित नमुना अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार