Close This

लालबन्दीका विभिन्न स्थानका अव्यवस्थित तारहरु हटाईने, बिहीबार बिजुली,फोन र इन्टरनेट अवरुद्ध हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-४ गते   २०८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार बिजुली सेवा,फोन र इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ । बिजुलीको पोलमा रहेका अव्यवस्थित तारहरु व्यवस्थित गर्नका लागि पहिलो चरणमा बिहीबार लालबन्दी नगरपालिका ६ इलाका प्रहरी कार्यालय लालबन्दीबाट पश्चिम लालबन्दी नगरपालिका ९ को जनज्योति बहुमुखी क्याम्पसम्म हाईवेदेखि दक्षिण बिजुली,टेलिफोन,केवल तथा इन्टरनेट सेवा बन्द गरिने भएको हो ।
बुधबार लालबन्दी नगरपालिका,नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी,इन्टरनेट सेवा प्रदायक संस्थाहरु र अन्य सरोकारवालाबीच भएको छलफलले बिहीबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अव्यवस्थित तार व्यवस्थापन गर्ने सहमती गरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख संजिव कुमार साहले जानकारी दिए ।
नगरभित्र विद्युत् पोलहरुमा रहेका अव्यवस्थित तारहरुबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी शहरी सौन्दर्यता कायम गर्न पहल थालिएको भन्दै लालबन्दी नगरपालिकाले एक सुचना नै जारी गरेर बिहीबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अव्यवस्थित तार व्यवस्थापन गर्ने र त्यस क्रममा लालबन्दी नगरपालिका ६ इलाका प्रहरी कार्यालय लालबन्दीबाट पश्चिम लालबन्दी नगरपालिका ९ को जनज्योति बहुमुखी क्याम्पसम्म हाईवेदेखि दक्षिणको बिजुली,टेलिफोन,केवल तथा इन्टरनेट सेवा बन्द हुने सुचना गरेको हो ।।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech