नगरको शान्ती,सुरक्षा चुस्तदुरुस्त पार्न बागमती नगरपालिकाद्वारा प्रहरीलाई सवारी साधन सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१३ गते   १७७४ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले ईलाका प्रहरी कार्यालय कर्मैयालाई गाडी खरिद गरि हस्तान्तरण गरेको छ । बागमती नगरपालिकाले ईलाका प्रहरी कार्यालय कर्मैयालाई गाडी खरिद गरि हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमबीच बागमती नगरपालिकाका नगरप्रमुख भरत कुमार कुमार थापाले गाडीको चावी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेललाई हस्तान्तरण गर्नु भएको हो । प्रहरीलाई शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न मद्धत गर्ने उद्धेश्यले नयाँ गाडि खरिद गरेर हस्तान्तरण गरेको नगर प्रमुख थापाले बताउनु भयो । उहाँले नगरका नागरिकको शान्ती सुरक्षामा सहज होस् भनेर नगरको तर्फबाट सवारीको व्यवस्था गरिएको बताउनु भयो । प्रहरी प्रशासनलाई छिटो छरितो सेवा प्रवाहमा भईरहेको समस्या समाधानको लागि नगरको तर्फबाट सवारी उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाको तर्फबाट जिम्मेवारी बोध गर्दै नगरले प्रहरीलाई गाडीको व्यवस्था गरेको नगर उप प्रमुख लिला कुमारी मोत्तानले बताउनु भयो । नगरपालिकाले दिएको सवारी साधनको चावी बुझ्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक  पोखलले नगरपालिकाले आफ्नो दायित्व पुर्ण रुपमा पुरा गरेको बताउनु भयो । सवारी साधनको प्रयोगले शान्ती सुरक्षा चुस्त दुरुस्त राख्न मद्धत गर्ने प्रहरी प्रमुख प्रहरी उपरिक्षक  पोखलले बताउनु भयो । उहाँले स्थानिय सरकराले गरेका सहयोगहरुलाई ख्याल गर्दै प्रहरी संगठनलाई थप उच्च मनोवलका साथ काम कारवाही गर्न सहज हुने र सोही अनुसार कामकाज गर्न उहाँले निर्देशन समेत दिनुभयो ।
सवारी साधन नहुँदा ईलाका प्रहरी कार्यालय कर्मैयालाई कुनै घटना वा दुर्घटना भईहाले पैदलै घटनास्थल सम्म पुग्नु पर्ने बाध्यता रहेको थियो । नगरपालिकाले सवारी साधन सहयोग गरेपछि अब कुनै घटना वा दुर्घटना भईहाले घटनास्थल सम्म पुग्न सहज भएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech