ट्रकको ठक्करबाट हरिवनमा मोटरसाइकल चालकको ज्यान गयो

2.5k Shares

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा शनिवार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । हरिवन नगरपालिका १० सुखेपोखरी आँखा अस्पताल अगाडि भएको दुर्घटनामा हरिवन नगरपालिका–११, का अन्दाजी १८ वर्षीय जुमराती राईनको ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
राईनलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक अवधेश कुमार यादवले बताउनु भयो ।
शनिवार दिउँसो करिब ३ः२०  बजे पश्चिमबाट पूर्वतर्फ आइरहेको सिमेन्ट लोड भएको ना ५ ख ८४९३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५६ प ७२०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिएकोथियो । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनु भयो । मृतक युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाही पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार