महोत्तरीको जलेश्वर नगरपालिका ६ रातोपुलमा भिठामोडबाट जनकपुर जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन्।भिठामोडबाट जनकपुर जाँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका ६ रातोपुलमा दुर्घटना हुँदा २२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जलेश्वर,महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए ।
उनका अनुसार जनकपुर जाँदै गरेको बस एक्कासि नियन्त्रित भई पुलको रेलिङ तोड्दै पल्टिदा घाईते भएका २२ जना मध्य दुई जनाको अवस्था गंभिर रहेको छ।घाइतेमध्ये भारत परिहारकी अन्दाजी २२ वर्षीया सरिता यादव र कोमल राउत गम्भीर घाइते जिल्ला प्रहरी कार्यालय जलेश्वर,महोत्तरीले जनाएको छ।अन्य घाइतेहरुको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाइलमा दुर्घटना भएको कारबाट अन्दाजी एक १ सय ३० किलो लागु औषध गाँजा बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।उनका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा शनिबार ठक्कर दिएको थियो।
त्यस पश्चात खोजतलास गर्ने क्रममा कारमा अन्दाजी एक १ सय ३० किलो लागु औषध गाँजा फेला पारेको सिरहा प्रहरीले जनाएको छ।कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दुर्घटना भएलगत्तै कार चालकले कारको नम्बर प्लेट र गाँजा निकालेर ट्याक्सीमा चढेर भाग्न खोजेका स्थानीयले बताएका प्रहरीले जनाएको छ ।तर स्थानीयहरू भेला भएपछि चालक सबै छाडेर फरार भएका थिए।कार कसको हो र लागु औषध गाँजा कहाँबाट कहाँ लगिँदै थियो भन्ने खुल्न बाँकी रहेको सिरहा प्रहरीले जनाएको छ ।