हरिवन ५ को समृद्धि कृषि वन समूहको बगैँचा अर्किडका विद्यार्थीले गरे अवलोकन

426 Shares

सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न स्थानमा लगाईको कृषि सामुदायिक वन कार्यक्रम प्रभावकारी बन्दै गएको छ।हरिवन नगरपालिका ५ घुर्काैली स्थित लखनदेही नदी किनारको नदी उकास जमीनमा लगाईएको कृषि सामुदायिक वन कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।बढ्दो जनसंख्या र प्रकृतिक प्रकोपले नदी कटानबाट मरुभूमिकरणमा परिणत भएको जमिनलाई कोरोना महामारीको प्रभावमा परेका विपन्न किसानहरुले कृषि सामुदायिक वन कार्यक्रम अन्तरगत तरकारी खेती गरी बगरलाई हराभरा बनाएपछि जिल्लामा कृषि तथा बाली विज्ञान अध्यापन हुने विद्यालयहरुको स्थलगत अवलोकन पनि सोही क्षेत्रमा हुन थालेको छ ।
कृषि सामुदायिक वन कार्यक्रमले बढ्दो कार्वन उत्र्सजन न्युनिकरण गर्नुका साथै पर्यावरण संरक्षण र चुरे क्षेत्रमा पानीको भण्डारमा ठूलो सहयोग पुग्ने कृषि प्राविधिक सुरज खनालले बताए ।उनले नदी उकास,खेर गइरहेको वन क्षेत्र र बगरका खाली जमीनमा कृषि सामुदायिक वन कार्यक्रम अन्तर्गत खनजोत गरी लगाइएको तरकारी तथा फलफुल खेतीको हरिवनमा रहेको अर्किड माध्यमिक विद्यालयको विज्ञान संकाय तर्फका विद्यार्थीहरुले स्थलगत अवलोकन गरेका छन् ।
हरिवन नगरपालिका ५ घुर्काैलीका विपन्न नागरिकहरुको जीविको पार्जनमा कृषि सामुदायिक वन कार्यक्रमले ठूलो भूमिका खेलेको युएनडिपी नेपालका क्षेत्रीय प्रवन्धक धन बहादुर चन्दले बताए।उनका अनुसार युएनडिपी नेपालको आर्थिक सहयोगमा ग्रामीण स्वयंसेवक समाज हरिवनले बिऊ,मल,जल तथा प्राविधिक सहयोग गरी सञ्चालन गरीरहेको कृषि सामुदायिक वन कार्यक्रम निकै प्रभावकारी भएको हो ।
बगर खेती गरी उत्पादन गरेको तरकारी विक्रीबाट पर्याप्त आम्दानी गर्न थालेपछि किसानहरुको घर व्यवहार चलाउन सहज भई रहेको समृद्धि कृषि वन समूहका अध्यक्ष गंगाराम महतोले बताए।उनका अनुसार हाल सो क्षेत्रमा एक हजार आठ सय विभिन्न प्रजातिका आँपका विरुवाहरु रोपिएको छ भने तरकारी खेती पनि उतिकै राम्रो छ ।सो क्षेत्रमा लगाईको आँपका विरुवा हुर्किएपछि समृद्धि कृषि वन समूह नेपाल कै नमुना बागवानीमा परिणत हुने ग्रामीण स्वयंसेवक समाज हरिवनका अध्यक्ष दधिराम पौडेलले बताए ।उनका अनुसार यस कार्यक्रमको मुख्य उद्धेश्य“बगरमा बगैँचा बगैंचामा बगर”भै भविष्यमा बढ्दै जाने दुर्षित वातावरणलाई पुर्नजीवन दिई उर्वर भुमिमा परिणत गर्नु हो ।
दिन प्रतिदिन नेपाली युवाहरु विदेश पलायन भई रहेको अवस्थामा गाउँ मै केही गरेर पनि जीविको पार्जन गर्न सकिन्छ भन्ने व्यावहारीक ज्ञान दिलाउँनका लागि भन्दै अर्किड मा.विमा विज्ञान संकाय तर्फ अध्यानरत विद्यार्थीहरुलाई स्थलगत अवलोकन भ्रमण गराएको अर्किड मा.विका प्रधानाध्यापक पशुपति दाहालले बताए ।स्थलगत अवलोकन भ्रमणमा ग्रामीण स्वयंसेवक समाज हरिवनका अध्यक्ष पौडेल,ग्रामीण स्वयंसेवक समाज सञ्चालक समिति सदस्य चुडामणि वाग्ले लगायतको सहभागीता रहेको कृषि प्राविधिक खनालले बताए ।सो क्षेत्रमा किसानहरुले समय अनुसार खुर्सानी,करेला,लौका,कांक्रा,फर्सी र भिण्डी लगायत तरकारी उत्पादन गर्दै आएका छन्।

सम्बन्धित समाचार