सर्लाहीमा बरथवामा गुडिरहेको ट्याक्टरमा करेन्ट प्रवाह भएर आगलागी भएको छ । बरथवाको मुर्तियाबाट उखुको भुस लोड गरि जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेर आगलागी भएको इलाका प्रहरी कार्यालय बरथवाले जनाएको छ ।
११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको ट्रली र भुस पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा ट्याक्टरको आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरथवाले जनाएको छ ।
आगलागीबाट रु २ लाख बराबरको क्षति भएको छ । मानवीय क्षति हुनबाट भने जोगिएको इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनु भयो ।