एकमुष्ट अनुदानका शिक्षकमाथि विभेद नगर्न माग

437 Shares

सर्लाहीको लालबन्दी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा एकमुष्ट अनुदानमा कार्यरत प्रधानाध्यापकहरुले आफूहरुमाथि विभेद नगर्न माग गरेका छन्।लालबन्दी नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत एकमुष्ट अनुदानका प्रधानाध्यापकहरुको भेलाले अन्य स्थायी शिक्षकहरु सरह सेवा सुविधा प्रदान गर्न माग गरेका हुन्।जिरोदरबन्दीका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेलाले लालबन्दी नगरपालिका–१४ मा रहेको जनसेवा प्राथमिक विद्यालय सत्रकठ्ठाका प्रधानाध्यापक उत्तर बहादुर गुर्मछानको नेतृत्वमा समिति नै गठन गरेको छ।वर्षभरीमा प्राप्त रु १० लाख अनुदानबाट सम्पूर्ण शिक्षकहरु पालिनुपर्ने बाध्यता रहेको नव गठित समितिका संयोजक गुर्मछानले गुनासो गरे।
उनका अनुसार जिल्लाभरका एकमुष्ट अनुदान अर्थात् जिरो दरबन्दी अन्तर्गत कार्यरत प्रधानाध्यापकहरुलाई केन्द्रीकृत गरेर आफूहरुको अधिकारका लागि लड्ने भनी पहिलो पटक आफूहरुले लालबन्दीमा बैठक गरी नगरस्तरीय समिति गठन गरिएको हो ।

सम्बन्धित समाचार