नेपाली कांगे्रसका प्रभावशाली नेता युग पुरुष स्वा. गिरिजा प्रसाद कोइरालाको ११ औँ वार्षिक पुण्य तिथी तथा श्रदा सुमन गर्दै सर्लाहीको लालबन्दीमा दिप प्रज्वलन गरिएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था गिरिजा प्रसाद कोइराला फाउण्डेशन लालबन्दी नगर समितिले लालबन्दी नगरपालिका ७ मा स्वा.नेता कोइरालाको सम्झनामा दिप प्रज्वलन गरेको छ ।
पुर्व पश्चीम लोकमार्ग अन्र्तगत लालबन्दी नगरपालिका ७ मा फाउण्डेशनको आयोजनामा गरिउको दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको फाउण्डेशनका नगर समिति सभापति कल्याण पुरीले जानकारी दिनु भयो ।
स्वा.नेता कोइरालाले गरेका योगदानको सम्मान र सम्झना गर्दै ११ औँ वार्षिक पुण्य तिथीको अवसरमा दिप प्रज्वलन गरिएको हो । जिल्लाको लालबन्दी,हरिवन लगायतका स्थानमा स्वा.नेता कोइरालाको ११ औँ वार्षिक पुण्य तिथीको अवसरमा दिप प्रज्वलन गरिएको फाउण्डेशनले जनाएको छ ।