Close This

लालबन्दी बजारको मरिण चोकमा प्रहरीद्धारा सिसिटिभि क्यामेरा जडान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१४ गते   २०९ पटक हेरिएको

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी बिच बजारमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । लालबन्दी नगरपालिका ७ को बिच बजारमा रहेको ट्राफिक प्रहरी चेक पोष्टमा सिसिटिभि क्यामेरा जडान गरिएको हो ।
व्यास्त रहने चोकमा अपराधिक गतिविधि नियन्त्रण गर्ने,दुर्घटना न्युनिकरण गर्ने र कोरोना संक्रमण नियन्त्रण अभियानलाई थप सघाउँ पुर्याउने उद्धेश्य अनुरुप चोकमा सिसिटिभि क्यामेरा जडान गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले बताउनु भयो।  
लालबन्दीकै विच बजारमा रहेको अतिव्यस्त चोक(मरिण चोक)मा सिसिटिभि क्यामेरा जडान गरिएको र जसबाट सवारी दुर्घटना लगायतका विषयमा अनुसन्धान गर्न सहज हुने अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रमुख असई सुबोध कुमार साहले बताउनु भयो । जसबाट दुर्घटना गरेर फरार हुने सवारी साधनहरुको अनुसन्धान गर्न थप मद्धत पुग्ने प्रहरीले जनाएको छ । 
पछिल्लो समयमा दुर्घटना गरि सवारी साधनहरु फरार हुने सवारी साधनको खोज अनुसन्धान गर्न सहज हुने र अपराधिक गतिविधि न्युनिकरण गर्न सिसिटिभि क्यामेराले थप मद्धत गर्ने प्रहरीले जनाएको छ । मरिण चोकमा नाईट भिजन सिसिक्यामेरा जडान गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech