इश्वरपुर १४ को जनता माविमा १० वर्ष पछि वि.व्या.स.चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१८ गते   १०६९ पटक हेरिएको


सर्लाहीको ईश्वरपुर नगरपालिका १४ श्रीनगरमा रहेको जनता माध्यमिक विद्यालयमा १० वर्षपछि विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । राजनीतिक कारण १० वर्ष सम्म विद्यालय व्यावस्थापन समिति चयन नभएकोविद्यालयमा इश्वरपुर नगरपालिकाका  नगरप्रमुख मनोजकुमार आचार्यको विशेष उपस्थितीमा अभिभावक भेलाले ४ सदस्यीय व्यवस्थापन समिति चयन गरेको हो । 
नव गठित समितिमा गजेन्द्र यादव,राजदेव महतो, ललिता साम्पाङ र सन्तोरिया माझी मुसहर रहेका विद्यालयका प्रधानाध्यापक विनोद साहले जानकारी दिए । व्यवस्थापन समितिमा विद्यालयका प्रधानाध्यापक सदस्य सचिव र एक जना शिक्षक प्रतिनिधि, शिक्षाप्रेमीबाट एक जना र चन्दादाताबाट १ जना गरी २ जना सदस्य मनोनित हुने व्यावस्था छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech