सर्लाहीमा मंगलबार १९ जनामा कोरोना संक्रमण देखियो

2.6k Shares

सर्लाहीमा मंगलबार कोरोना भाइरसका १९ जना संक्रमित थपिएका छन् । लालबन्दी र गोडैता  नगरपालिकाका गरी १९ जनामा कोरोना भाईरस संक्रमण देखिएको हो ।
 मंगलबार लालबन्दी नगरपालिकाका १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । त्यसैगरी गोडैता नगरपालिकामा मंगलबार १८ जनामा कोरोना भाईरस संक्रमण  पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ । 
केही दिन पहिला २४० जनाको स्वाब पठाईएको मध्ये मंगलबार १८ जनाको रिपोर्ट आएको र सबैको पोजेटिभ देखिएको हो । अब ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार