विदेश पठाउने बाहनामा १४  युवाबाट १६ लाख रकम लिएर कार्की फरार 

3.2k Shares

सिन्धुलीको दुधौली नगरपालिका– ११ मैनीका १४ जना युवा ठगिएका छन । २०७३ साल साउनमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै ती युवाहरुबाट १६ लाखभन्दा बढी रकम लिएर एक युवा फरार भएका सिन्धुली प्रहरीले जनाएको छ । 
१४ जना युवाहरुबाट १६ लाखभन्दा बढी रकम लिएर अनुपम कार्की फरार भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीकी प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जु सिग्देलले जानकारी दिनु भयो ।
 दुधौली नगरपालिका– ११ मैनीका १४ जना युवाहरुलाई दुबइमा रोजगारी लगाइदिने भन्दै प्रत्येक युवाबाट १ लाख ३० हजार का दरले पैसा लिएर सोही ठाउँका ३० वर्षीय  कार्की फरार भएका प्रहरी उपरिक्षक सिग्देलले बताउनु भयो ।
 फरार रहेका कार्कीको खोजि भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।पीडित युवाहरुले ढिलो जानकारी गराएका कारण खोजी कार्य ढिलो भएको प्रहरी उपरिक्षक सिग्देलले बताउनु भयो । यस्तै स्थानीय भएकाले कार्कीलाई विश्वास गरि पैसा दिएको पीडित युवाहरुले बताएका छन । कार्कीले २ महिना भित्र आफूहरुलाई दुबइ पठाई काम लगाइदिने भनेकाले पैसा दिएको उनीहरुले बताएका छन ।
२ वर्षसम्म बाहिर पठाउँनको लागि प्रक्रिया भइहेको भन्दै झुक्याउने गरेको पीडित युवा उपेन्द्र शाहले बताए । उनले भने, ‘हामीले फोन गर्दा जहिले पनि प्रक्रिया हुँदै छ भन्नुहुन्छ’,  ‘स्थानीय भएकाले हामीले पनि उस्को कुरा विश्वास गरेका हौ। 
कार्की सम्पर्कविहिन भएपछि युवाहरु मिलेर कार्कीको घरमा पैसा फिर्ता माग्न जादाँ उल्टै युवाहरुलाई अभद्र व्यवहार गरेको उनिहरुले बताएका छन । त्यसपछि आफुहरुले जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा मुद्दा हालेको उनिहरुले बताएका छन ।
उर्मिला भट्टराई 

सम्बन्धित समाचार