दादुरा–रुबेलाको खोप लगाउन २१ सय बढी स्वास्थ्य कर्माचारी परिचालन

112 Shares

सर्लाहीमा दुई लाख बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउन सुरु गरिएको छ । दादुरा–रुबेला खोप अभियान अन्तर्गत जिल्लामा फागुन १६ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका दुईलाख ८० हजार ९६ जना बालबालिकालाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीका प्रमुख एवम मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशाेर झाले जानकारी दिए ।

उनका अनुसार जिल्लाका नाै महिनादेखि १५ वर्ष मुनिका दुई लाख ८० हजार ९६ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउन सुरु गरिएको र जिल्लाका २० वटै पालिकाका दुई सय वटै वडाहरुमा अभियान सञचालन गरिएको छ ।जिल्लामा एक हजार ९६ खाेप केन्द्र,चार जना खाेप अधिकृत,छ सय जना स्वयमसेवक,एक हजार तीन सय ४६ जना स्वास्थ्य स्वयम् सेवीकाहरु र दुई सय १९ जना स्वास्थ्यकर्मीहरुले सुपरभिजन गरि रहेका स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीका खाेप अधिकृत राम दुलार यादवले जानकारी दिए। उनका अनुसार खोप लगाउने दर उच्च भए पनि दादुरा–रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन भएको हाे ।

ज्वरो आएको बेलामा खोप लगाउन नमिल्ने भए पनि ज्वरो निको भएपछि खोप लगाउन सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।‘बालबालिकामा इम्युनिटी पावर कम भएका बेला बाहेक अरु बेला खोप लगाउन सकिन्छ’, । नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको छ ।साेही अनुसार जिल्लामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार