सिन्धुलीको गोलन्जोर गाउँपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा बीच स्वास्थ्य सेवा र शिक्षामा सहकार्य गर्न सम्झौतामा हस्ताक्षर भएको छ।स्वास्थ्य र शिक्षालाई व्यवहारिक बनाउने र गाउँस्तरसम्म सेवा विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको गोलन्जोर गाउँपालिकाका उपा अध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले जानकारी दिए ।
उनका अनुसार प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवाली र गाउँपालिका अध्यक्ष शंकरराज बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।उपकुलपति डा.ज्ञवालीले समुदायमा पुगेर शिक्षण,सेवा र अनुसन्धान एकसाथ अघि बढाउने लक्ष्यमा यो साझेदारीले सहयोग पु¥याउने बताए।गोलन्जोर जस्तो दुर्गम भेगमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने हाम्रो अभियानमा यो सम्झौता एक कोसेढुंगा सावित हुने गोलन्जोर गाउँपालिकाका अध्यक्ष बरालले बताए ।उनले प्रतिष्ठानसँगको सहकार्यबाट अस्पताल सञ्चालन,दक्ष जनशक्ति व्यवस्थापन,तालिम र अनुसन्धानमा नयाँ अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका स्नातक तथा स्नातकोत्तर विद्यार्थीहरूले गोलन्जोर आधारभूत अस्पताल ग्वाल्टारमा अभ्यास गर्ने छन भने विद्यार्थीको व्यवहारिक ज्ञान बढाउने र गाउँमा नै स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गर्ने प्रतिष्ठानले जनाएको छ ।विद्यार्थी तथा प्राध्यापकहरूको टोलीले गाउँपालिकाका सातै वडामा स्वास्थ्य शिविर,स्वास्थ्य शिक्षा तथा सेवा कार्यक्रम सञ्चालन गर्ने छन्।अस्पतालमा प्राविधिक जनशक्ति आवश्यक परेमा प्रतिष्ठानले पठाउने छ भने डिजिटल सेवालाई प्रयोगमा ल्याइने प्रतिष्ठानका उपकुलपति डा.ज्ञवालीले बताए ।
यो सहकार्यमा ग्रामीण स्वास्थ्य सेवा,तालिम,अनुसन्धान र नीति निर्माणका पक्ष समेटिएको प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईंले बताए ।उनका अनुसार गाउँपालिकाले अभ्यास तथा अनुसन्धानका लागि स्थान,आवास,भोजन,समन्वय,सुरक्षा तथा सूचना व्यवस्थापनमा सहयोग गर्नेछ।सम्झौतामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि,मानव स्रोत आदानप्रदान,संयुक्त अनुसन्धान तथा अन्य सहकार्यका बुँदाहरू समेटिएका छन्।सहकार्य पाँच वर्षका लागि हुनेछ र आवश्यकता अनुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष बरालले बताए ।