जय श्रीरामको रु १४ लाख भन्दा बढी नाफा

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-२७ गते   २१७ पटक हेरिएको


सर्लाहीको लालबन्दी नगरपालिका १  स्थित नवलपुरमा रहेको जय श्री राम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा भएको १३ औँ बार्षिक साधारण सभामा लालबन्दी नगरपालिकाका सहकारी विभागका गोपाल थापा,राष्ट्रिय सहकारी बैँकका समिप घिमिरे,जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष मन्दिारा आचार्य,लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरिहर भट्टाराई लगायतको विशेष आतिथ्यता रहेको सहकारीका सल्लाहकार समितिका सदस्य रामपुकार महतोले जानकारी दिए ।
उनका अनुसार सहकारीका अध्यक्ष राम प्रमोद महतोको अध्यक्षतामा भएको १३ औँ बार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९/०८० को समिति तथा उप समितिको प्रतिवेदन,लेखापरिक्षण प्रतिवेदन,कार्ययोजना तथा बजेट,शेयर लाभांश र संरक्षित पुजि कोषको रकम वाँड फाँड,संस्थाको विनिमय संसोधन तथा पुनरावेदन गर्ने,संस्थाका आवश्यक नीतिहरु निर्माण गर्ने र निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि चयन गर्ने विषयमा छलफल समेत भएको छ ।
५ सय ८७ शेयर सदस्य रहेको संस्थामा  लालबन्दी नगरपालिका १ र २ का साथै हरिवन नगरपालिकाको १,२,३ र ४ नम्बर वडालाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।संस्थाको १३ औँ बार्षिक साधारण सभामा रु ६० लाख १६ हजार ७ सय शेयर पुजि सार्वजनिक गरिएको छ  भने संस्थाको मासिक बचत रु ३५ लाख ३० हजार ६ सय ४७ दशमलव ६०,ऐच्छिक बचत रु २१ लाख ३३ हजार २ सय ९६ दशमलव ५४,बाल बचत रु १० लाख ४५ हजार १ दशमलव ९८ र दैनिक कचत रु ३८ लाख ६४ हजार २ सय १ दशमलव २१ रहेको छ भने आर्थिक वर्ष २०७९/०८० मा कुल रु ३३ लाख ६६ हजार ९ सय ३८ दशमलव ८६ खर्च भएको संस्थाको लेखा समितिले जनाएको छ ।संस्थाले आर्थिक वर्ष २०७९/०८० मा रु १४ लाख ७२ हजार ५ सय ६६ दशमलव ४ पैसा नाफा गरेको संस्थाको लेखा समितिले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech