सर्लाहीको ईश्वरवपुर नगरपालिकाले वडा कार्यालयहरुको बजेट सेलिङ्गमा रहेको खेलकुदको बजेटमा मनोमानी गरेको भन्दै इश्वरपुर नगरपालिका १३ का वडा अध्यक्ष तिलक बहादुर तामाङले आपत्ती जनाएका छन् ।
इश्वरपुर नगरपालिकाका वडाहरुले“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद”भनेर छुट्याएको बजेटमा प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले मनपरी गरेका भन्दै इश्वरपुर नगरपालिका १३ का वडा अध्यक्ष तामाङले आफ्नो सामाजिक सञ्जाल मार्फत आपत्ती जनाएका हुन ।इश्वरपुर नगरपालिकाले असोज १८ गते अर्थात आज एक सूचना जारी गर्दै सवै वडा समितिहरुको कार्यालयलाई खेलकुद सामाग्री र आवश्यक संख्याको विवरण उपलब्ध गराई दिने सम्बन्धमा भन्दै सूचना जारी गरेपछि वडा अध्यक्ष तामाङले आपत्ती जनाएका हुन ।इश्वरपुर नगरपालिकाका सबै १५ वटा वडाहरु मध्य वडा नम्बर ५,८ र १२ बाहेकका अरु १२ वटा वडाहरुलाई खेलकुद सामाग्री र आवश्यक संख्याको विवरण उपलब्ध गराई दिने सम्बन्धमा भन्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको हस्ताक्षरमा एक सूचना जारी भएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा वडा नम्बर १ लाई रु ८० हजार,२ लाई रु एक लाख,३ लाई रु एक लाख ,४ लाई रु एक लाख,६ लाई रु एक लाख,७ लाई रु एक लाख,९ लाई रु एक लाख ५० हजार,१० लाई रु एक लाख,११ लाई रु एक लाख,१३ लाई रु एक लाख,१४ लाई रु एक लाख र वडा नम्बर १५ लाई रु एक लाख बराबरको खेलकुद सामाग्री र आवश्यक संख्याको विवरण उपलब्ध गराई दिने भन्दै सूचना जारी गरेपछि वडा अध्यक्ष तामाङले आफ्नो सामाजिक सञ्जाल फेशबुक मार्फत आपत्ती जनाएका हुन । १५ वटा वडाहरु रहेको इश्वरपुरमा वडा नम्बर ५,८ र १२ लाख सो सूचनामा समावेश गरिएको छैन् ।
“चालु आर्थिक वर्ष २०८०÷०८१ मा स्थानीयस्तरका क्लव एवम युवाहरुलाई खेलकुदका विभिन्न सामाग्रीहरु उपलब्ध गराई खेलकुद तर्फ प्रोत्साहन गर्ने उद्देश्यले वडागत रुपमा बजेट तथा कार्यक्रम स्वीकृत भएको हुँदा उक्त स्वीकृत बजेटवाट खेलकुदका के कस्ता सामाग्रीहरु ? के कति परिमाणमा खरिद गर्नु पर्ने हो ?वडा समितिको वैठकवाट निर्णय गराई खेलकुद सामाग्रीहरुको विवरण र संख्या यथाशिघ्र उपलब्ध गराई दिनुहुन अनुरोध गरिन्छ ।”नगरपालिकाद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।“वडाहरुवाट विवरण प्राप्त भएपछि सार्वजनिक खरिद ऐन,नियमावली बमोजिम आवश्यक परिमाणमा खेलकुदका सामाग्रीहरु एकमुष्ट खरिद गरि वडा समितिको कार्यालयलाई उपलब्ध गराईने व्यहोरा समेत अनुरोध गरिन्छ ।”सो सूचनामा उल्लेख गरिएको छ ।
वडा अध्यक्ष तामाङले आफ्नो सामाजिक सञ्जाल फेशबुक मार्फत “ईश्वरवपुर नगरपालिकाको वडा को सेलिङ्ग बजेटमा कार्यकारी हाकिमको मनपरि वडाले राष्ट्रको लागि खेल स्वास्थयको लागि खेल भनेर छुट्टयाइएको यक लाख रुपिया बजेट मा नगर कार्यकारी हाकिमको मन प्रदी ”भन्दै लेखेर आपत्ती जनाएका छन् ।उनको यो आशयमा वडाको बजेट सेलिङ्गमा नगरपालिकाले सामाग्री खरिद गर्न खोजेको भन्दै आपत्ती जनाएको प्रष्ट हुन्छ ।