Close This

माओवादी केन्द्र हरिवनको समस्या समाधान,पन्त नेतृत्वको नगर कमिटि नै आधिकारीक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१५ गते   ३४३ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिको समस्या समाधान भएको छ । दुई समुहले आफु आधिकारीक भन्दै फरक फरक विज्ञप्ती जारी गरेपछि विवाद चुलिएको थियो । त्यसपछि एक समुहले अर्काे समुहलाई कार्बाही गरेको भन्दै विज्ञप्ती जारी गरेका थिए । पार्टी भित्रको अन्र्तर संम्वादलाई विज्ञप्ती जारी गर्ने काम एकले अर्कालाई आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा हल्ला फैलिएपछि विवाद चरमउत्कर्षमा पुगेको थियो । 
त्यसपश्च पार्टी अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) र नेकपा(माओवादी केन्द्र) सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले देशैभरका वडा वडादेखि गाउँ नगर हुँदै केन्द्र सम्मको सम्मेलन भएको र सम्मेलन मार्फत चयन भएको नेतृत्व नै पार्टीको आधिकारीक नेतृत्व भएको विज्ञप्ती जारी गरेका छन् । २०७८ मंसिर ११ मा हरिवन नगर कमिटिको सम्मेलनबाट अर्जुन पन्त नगर कमिटि अध्यक्षमा चयन भएका र उनले नेतृत्व गरेको नगर कमिटि नै आधिकारीक नगर कमिटि रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरी अनाधिकृत रुपमा पार्टीको लेटरप्याड र स्टाम्प प्रयोग गरी समानान्तर कमिटिको हबला दिँदै गरिएको कार्यप्रति पार्टीको गंभिरध्यानाकर्षण भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । अनाधिकृत रुपमा पार्टीको लेटरप्याड र स्टाम्प प्रयोग गरी समानान्तर कमिटिको हबला दिएर भएको उक्त कार्य पार्टीको अनुशासन,आचारण र पद्धती विरुधको रहेको भन्दै भ्रममा नपर्न नेता कार्यकर्ता एवम हरिनव नगरबासीमा विज्ञप्ती मार्फत अनुरोध समेत गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech