निषेधाज्ञा अवधिमा पनि सर्लाही प्रहरीमा उजुरीको चाङ,अनुपातमा विगतका वर्षको भन्दा बढी उजुरी

3.1k Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ९० वटा घरेलु तथा अन्य मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ९४ वटा घरेलु तथा अन्य मुद्धा दर्ता गरेको सर्लाही प्रहरीले २०७६÷०७७ मा  १ सय ३८ वटा मुद्धा दर्ता गरेको थियो ।
विगतका तीन आर्थीक वर्षको तुलनामा कोरोना महामारीको समय भएपनि आर्थिक वर्ष २०७७÷०७८ मा तुलनात्मक हिसाबले मुद्धा बढी दर्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा खुन डाँका मुद्धा १२ वटा,फुटकर ज्यान मुद्धा १२ वटा,विष खाएर आत्माहत्या १२ वटा झुण्डिएर ४५ वटा,करेन्ट लागी ८,सवारी ज्यान ४८,सवारीबाट भबितव्य ज्यान १,पानीमा डुबेर ८ ज्यान सम्बन्धी २२ र भबितव्य ज्यानका २६ वटा गरी कुल १ सय ९४ वटा मुद्धा दर्ता भएकामा १ सय ५ जना पुरुष, ४८ महिला,२२  बालक र १७ जना बालीका गरी कुल १ सय ९२ जनाको ज्यान गएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७६÷०७७ मा कर्तव्य ज्यान १०, वटा,फुटकर ज्यान मुद्धा ४ वटा,विष खाएर आत्माहत्या ७ वटा झुण्डिएर ३१ वटा,हाम फालेर १,करेन्ट लागी २,सवारी ज्यान ४१,सवारीबाट भबितव्य ज्यान ४, भबितव्य ज्यानका ३० र ज्यान सम्बन्धी ८ वटा गरी कुल १ सय ३८ वटा मुद्धा दर्ता भएकामा ६६ जना पुरुष,३५ जना महिला, २३ जना बालक र १४ जना बालीका गरी कुल १ सय ३८  जनाको ज्यान गएको थियो ।
साथै आर्थिक वर्ष २०७७÷०७८ मा कर्तव्य ज्यान १४,गर्भपतन ३,फुटकर ज्यान मुद्धा ८ वटा,विष खाएर आत्माहत्या ९ वटा, झुण्डिएर ५३ वटा,करेन्ट लागी ३,सवारी ज्यान ३९,सवारीबाट भबितव्य ज्यान ७ ,भबितव्य ज्यानका ४४,ज्यान सम्बन्धी ८ वटा र आत्माहत्या दुरुत्साहन गरेको आरोपमा २ वटा गरी कुल १ सय ९० वटा मुद्धा दर्ता भएकामा १ सय ८ जना पुरुष, ५१ जना महिला,१८ जना बालक र १५ जना बालीका गरी कुल १ सय ९२ जनाको ज्यान गएको प्रहरी उपरिक्षक राठौरले जानकारी दिनु भयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा आत्माहत्याबाट ज्यान जानेको संख्या ५७, आर्थिक वर्ष २०७६÷०७७ मा आत्माहत्याबाट ज्यान जानेको संख्या ३९ र २०७७÷०७८ मा आत्माहत्याबाट ज्यान जानेको संख्या ६२ रहेको छ ।
नागरीकहरुले हिंसाका बारेमा खबर नगर्ने परम्पराका कारण पनि कतिपय घटनाहरु भएर पनि प्रहरी समक्ष आइनपुग्ने गरेका कारण पनी समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । नागरीकहरुले हिंसाका बारेमा खबर नगर्ने तथा खबर गर्न नपाउँने साथै सरोकारवाला निकायका बारेमा गाँउगाँउसम्म जानकारी दिन नसक्दा सबै घटना कानूनी प्रक्रियामा आउन नसकेका उहाँको भनाई छ । 
घटना भएपछि वा हुनेशंकेत देखिएपछि प्रहरलिाई जानकारी गराउने वा उजुरी गर्ने निकायको बारेमा ज्ञान नहुनु,अशिक्षा तथा लजाउने, डराउने गरेका कारण पनि धेरै घटनाहरु सम्बन्धीत सरोकारवाला निकाय समक्ष आई नपुगेका प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार