नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले १८ औँ गणतन्त्र दिवशको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।गणतन्त्र स्थापना भएको अवसरमा हरेक वर्ष जेठ १५ गते नेपालभर गणतन्त्र दिवश मनाउने गरिएको र सोही अनुसार अखिल(क्रान्तिकारी) सर्लाहीको आयोजना लालबन्दीमा १८ औँ गणतन्त्र दिवशको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको अखिल(क्रान्तिकारी) सर्लाहीका सचिव शंकर मैनाली(उज्वल) ले जानकारी दिए ।
नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन),सर्लाही इन्चार्ज अच्युतम प्रसाद काफ्ले लगायतका नेताहरुको विशेष उपस्थितिमा १८ औँ गणतन्त्र दिवशको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो।१८ औं गणतन्त्र दिवसमा सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने निर्णय गरेको थियो।१८ औं गणतन्त्र दिवसमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।
जेठ १४,१५ र १६ गते सार्वजनिक निकायमा दीप प्रज्ज्वलन सहित त्रिदिवसीय रुपमा १८ औं गणतन्त्र दिवसमा मनाईदै छ।जसमा केन्द्र,प्रदेश र स्थानीय तहका सरकारहरू समावेश भएका छन्।हरेक वर्ष जेठ १५ गते मनाईने गणतन्त्र दिवसमा केन्द्र,प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन्।करिब दुई सय ५० वर्षे शाही शासनको अन्त्य भएर जनताको संविधान सहित जनताका अधिकारहरु स्थापना गर्ने बाटोमा गणतन्त्र दिवस मनाईँदै आईएकाले हरेक दिन जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।