लालबन्दी ६ को जानकी नेस्नल अस्पताल प्रा.लिका चिकित्सकले चलाएको मोटरसाईकलको ठक्करबाट ४ वर्षिय बालक घाईते

1.1k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १६  स्थित परवानीपुरमा मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन्।लालबन्दी नगरपालिका ६ स्थित लालबन्दीमा रहेको जानकी नेस्नल अस्पताल प्रा.लिका चिकित्सकले चलाएको प्रदेश २ ०३ ०२१ प ०९६७ नम्बरको मोटरसाईकलको ठक्करबाट बुधबार(आज) दिउँसो अन्दाजी साँढे ५ बजे लालबन्दी नगरपालिका ८ घरई लालबन्दी नगरपालिका १६ परवानीपुरमा मामा घरमा बस्दै आएका अन्दाजी वर्ष चारका ग्याण्डी पाख्रिन घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
लालबन्दी नगरपालिका ६ स्थित लालबन्दीमा रहेको जानकी नेस्नल अस्पताल प्रा.लिका चिकित्सकले चलाएको प्रदेश २ ०३ ०२१ प ०९६७ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएका पाख्रिनलाई सोही अस्पतालले उपचार सुरु गरेको भएपनि पछि त्यहाँ उपचार सम्भव नभएपछि अर्काे अस्पतालमा पठाउने क्रममा सो विषय बाहिरिएको हो ।लालबन्दी नगरपालिका ६ स्थित लालबन्दीमा रहेको जानकी नेस्नल अस्पताल प्रा.लिका चिकित्सकले चलाएको मोटरसाईकलले ठक्कर दिएर पाख्रिन घाईते भएपनि सो घटनालाई लुकाउने प्रयास भएको पाइएको छ ।
ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको भएपनि लालबन्दी नगरपालिका ६ स्थित लालबन्दीमा रहेको जानकी नेस्नल अस्पताल प्रा.लिका सञ्चालक डा.अरविन सराफले घटनालाई लुकाउने प्रयास गरेका  पीडित पक्षको भनाई छ।घाईते बालको लालबन्दी नगरपालिका ७ स्थित रहेको गाउँमैत्री मल्डीस्पेसियालिटी अस्पतालमा उपचार भई रहेको छ ।

सम्बन्धित समाचार