सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ मा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । आइतवार बिहान चन्द्रनगर गाउँपालिका ६ का अन्दाजी वर्ष ५० का नागेन्द्र मण्डलको करेन्ट लागेर ज्यान गएको हो ।
आईतबार बिहान करिब १० बजे आफ्नै घरमा धाराको कल चलाउँदा त्यसमा जडान गरेको मोटरको तार सर्ट भई करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लगिएको भएपनि चिकित्सकले मण्डललाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मण्डलको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।