सरकारले उखुको समर्थन मूल्य बढाएर निर्धारण गरेको छ।मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य गतवर्षको भन्दा रु २० वृद्धि गरेको हो।उखु मिलले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल रु २० ले वृद्धि गर्ने सरकारले निर्णय गरेको हो।जस अनुसार अब उखु उत्पादक किसानहरुले प्रतिक्विन्टल रु पाँच सय ८५ उखु मिलबाट पाउने छन् ।सरकारले उखु किसानहरुलाई अनुदान बापत दिने रकम भने निर्णय गर्न बाँकी राखेको छ।उखु काट्ने सिजन भई सकेको र कतिपय किसानहरुले उखु काटी उद्योगमा लग्न थालेपछि यस वर्ष नेपाल सरकारले उखुको मुल्य समयमै निर्धारण गरेको हो ।
यता,सर्लाहीमा रहेका तीन वटा चिनी उद्योगहरु मध्य दुई वटा चिनी उद्योग सञ्चालनमा आई सकेका छन् भने हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग मंसिरको अन्तीम साताबाट सञ्चालन आउने उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए ।उनका अनुसार उद्योगले उखु उत्पादक किसानहरुलाई अघिल्ला वर्षहरुको सम्पूर्ण भुक्तानी गरिसकेको छ।
नेपाल कै सबै चिनी उद्योगहरुको तुलनामा हरिवनको इन्दु शंकरले हरेक वर्ष किसानहरुको भुत्तानी समय मै गरेर फरक छाप छाडेका कारण किसानहरुले ढिलै भएपनि इन्दु शंकर बाहेकका अरु उद्योगलाई उखु कमै दिने किसान अगुवाहरुको भनाई छ ।जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र बगदहमा रहेको महालक्ष्मी चिनी उद्योग सञ्चालनमा आएका छन्।तीनवटा चिनी उद्योग रहेको सर्लाहीमा अन्नपूर्ण चिनी उद्योग र बगदहमा रहेको महालक्ष्मी चिनी उद्योग सञ्चालनमा आएका हुन।