बाराबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।मकवानपुर कैलाश गाउँपालिका ६ सानुलेख बस्ने अन्दाजी २९ वर्षीय राजकुमार रुम्बा तथा भारत बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर वडा नं ११ भरवलीया बस्ने श्यामलाल महतो पक्राउ परेका शसस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीका बाहिनी पती शसस्त्र प्रहरी डिआईजी गणेश बहादुर ठाडा मगरले जानकारी दिनुभयाे ।
उहाँका अनुसार शुक्रबार राति ९:५० बजे बाराको महागढीमाई नगरपालिका ५ तेलगाइको बाटो हुँदै दक्षिण भारततर्फ लैजाँदै गरेको बा५ख ८०७५ नम्बरको ट्रक राकेर चेकजाँच गर्दा गाँजा फेला परेको थियो ।ट्रकको माथिल्लो भागमा फल्स बटम बनाई लुकाएर लैजाँदै गरेको १० पोका गाँजा फेला परेपछि गाँजा, ट्रक, चालक रुम्बा र महतोलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा बरामद गरिएको गाँजा, ट्रक र दुवै जना मानिसलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरी बल नम्बर १२ हे.क्वा. गणका गणपति शसस्त्र प्रहपरी रीक्षक राजेन्द्र थापाले बताउनु भयाे ।