आमाको नामबाट नागरिकता वितरण सुरु

132 Shares

सर्लाहीमा आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरिएको छ।लालबन्दी नगरपालिका ७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले आमाको नामबाट नागरिकता प्रदान गर्दै आमाको नामबाट नागरिकता वितरण गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।
उनका अनुसार सर्लाही मै पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गर्नु सुरु गरिएको हो।गुप्ताकी आमा रामकुमारी साहले भारत बिहारका महेन्द्र प्रसाद गुप्तासँग विवाह गरेकी थिईन्।नेपाल नागरिकता ऐन,२०६३ दोस्रो संशोधन र नागरिकता नियमावली,२०६३ चौंथो संशोधनको आधारमा बाबु विदेशी र आमा नेपाली भएकाले गुप्तालाई आमाकै नामबाट अङ्गीकृत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कडरियाले जानकारी दिए ।उनका अनुसार अब आवश्यक प्रक्रिया र कागजात पुगेकाहरुले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आएर आमाको नामबाट नागरिकता बनाउन सक्ने छन्। 
जिल्ल प्रशासन कार्यालय सर्लाही सहित इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाबाट समेत नियमित नागरिकता प्रदान हुने गरेको भए पनि अङ्गीकृत नागरिकतामा प्रमुख जिल्ला अधिकारीको मात्र हस्ताक्षर हुने कानूनी व्यवस्था रहे अनुसार आमाको नामबाट नागरिकता लिने व्यक्ति जिल्ला प्रशासन कार्यालयमै उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालय  सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार नागरिकता नियमावलीमा आमाको नामबाट नागरिकता प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रियाबारे जिल्लाका २० वटै पालिकामा परिपत्र गरिएको छ ।

सम्बन्धित समाचार