सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित रहेको इश्वरपुर नगर अस्पताल बयलवासमा रेबिज विरुद्धको भ्याक्सीन सेवा सुरु भएको छ ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले नगर अस्पताल बयलवासलाई रेबिज विरुद्धको भ्याक्सीन पठाउन थालेको इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले जानकारी दिए ।
उनका अनुसार नगर अस्पताललाई तत्कालका लागि मासिक रुपमा ४० भाइल भ्याक्सीन उपलब्ध गराउने गरी कोटा निर्धारण भएको छ ।नगरभित्र यसअघि कुुकुरले टोकेका बिरामीलाई रेबिजको भ्याक्सिन लगाउन लालबन्दी नगर अस्पताल वा प्रादेशिक अस्पताल मलंगवा पठाउने गरिएको भएपनिअव इश्वरपुर नगर अस्पतालबाटैै रेबिजको भ्याक्सिन उपलब्ध हुने भएको यश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार आचार्यले बताए ।उनका अनुसार लामो प्रयास पछि इश्वरपुर नगर अस्पतालमा रेबिज भ्याक्सिन व्यवस्था भएको हो ।