सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको मधुु सामुदायिक वन उपभोक्ता समुहकोे अध्यक्षमा सोमबहादुर मोक्तान निर्वाचित भएका छन्।शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी श्याम घिसिङलाई ७६ मतले पराजित गर्दै मोक्तान समुदायिक वन समुहको अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै समुदायिक वनको उपाध्यक्षमा गणेशबहादुर गुरागाई,सचिवमा लालबहादुर तामाङ,कोषाध्यक्षमा रन्जना काफ्ले,सहसचिवमा निर्मला राउत चयन भएका निर्वाचन मण्डलका अध्यक्ष भरत दाहालले जानकारी दिए ।त्यसैगरी सदस्यहरुमा विदुर दाहाल,कमल कार्की र मीना वि.क निर्वाचित भएका छन्।वन समुहको नयाँ नेतृत्व चयन गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।
मतदानमा वडाभित्रका वनको तीन सय ६४ उपभोक्तामध्ये दुई सय ८१ जना सहभागी भएर मतदान गरेका निर्वाचन समितिका संयोजक दाहालले बताए। पछिल्लो समय सामुदायिक वन,स्वस्थ्य संस्थाका साथै विद्यालयमा समेत समिति चयन गर्ने क्रममा निर्वाचन हुने गरेको छ ।